जारी हिंसात्मक आन्दोलनका कारण ८ सय नेपाली विद्यार्थीले बंगलादेश छाडेका छन् । परराष्ट्र मन्त्रालयले सामाजिक सञ्जालमार्फत ८ सय विद्यार्थीले हवाइ तथा स्थलमार्गमार्फत् बंगलादेश छाडिसकेको जानकारी दिएको हो ।
मन्त्रालयले ढाकास्थित दूतावासले सीमाविन्दू र विमास्थलमा नेपाली विद्यार्थीको फिर्तीलाई सहजीकरण गरिरहेको उल्लेख गर्दै नेपाली विद्यार्थीको सुरक्षा प्रत्याभूतिका लागि प्रतिबद्ध रहेको जनाएको छ ।
यस्तै सुरक्षित महसुस गरेका थप १७ नेपाली विद्यार्थीलाई सरकारले हवाई उद्धार गर्ने भएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले आज बिहान १७ विद्यार्थीलाई ढाका विमानस्थलबाट काठमाडौं ल्याइने जानकारी सामाजिक सञ्जालबाट दिएका छन् । विद्यार्थीका परिवारसँगको छलफलपछि उनीहरुलाई नेपाल फर्काउन लागिएको प्रधानमन्त्री ओलीले उल्लेख गरेका छन् ।
नेपाल फर्कन चाहने अन्य विद्यार्थीका लागि पनि परराष्ट्र मन्त्रालयले अनलाइनमार्फत फाराम भर्न सकिने व्यवस्था मिलाइएको उनको भनाइ छ ।
सम्बन्धित खबर
प्रधानमन्त्री ओलीका ९३ वर्षीय बुवालाई फोक्सो सम्बन्धी समस्या
राष्ट्रिय सूचना आयोगमा प्रमुख आयुक्त र आयुक्तहरू नियुक्त
खोला किनारामा २० मिटर मापदण्डको फैसला सर्वोच्चले पुनरावलोकन गर्ने
नेपाल एयरलाइन्सको अन्तर्राष्ट्रिय भाडादरमा छुट
पोखराबाट नियमित अन्तर्राष्ट्रिय उडानका लागि प्रधानमन्त्रीलाई ध्यानाकर्षण
रवि र छवि विरुद्ध चितवनमा पनि किटानी जाहेरी
यो पनि पढौँ
तनहुँ दुर्घटना: बस चालककाे मृत्यु, ३० घाइते [नामावलीसहित]
पोखरा हेम्जामा मध्यराती दुर्घटना हुँदा दोहोरी गायक किरण अधिकारीको मृत्यु
तनहुँको गोरेचौतारामा दुई बस ठोक्किँदा २९ जना घाइते
पोखराका होटलमा राखी चार बालिकालाई यौनकार्यमा लगाउने तीन युवती पक्राउ