बंगलादेशमा राष्ट्रव्यापी कर्फ्यु जारी, ज्यान गुमाउनेको सङ्ख्या ३५ पुग्यो

बंगलादेशमा राष्ट्रव्यापी कर्फ्यु जारी, ज्यान गुमाउनेको सङ्ख्या ३५ पुग्यो

Bangaladesh

पोखरा । बङ्गलादेशमा आरक्षण विरोधी आन्दोलन चर्किएपछि देशभर कर्फ्यु घोषणा गरिएको छ ।

शुक्रबार नरसिङ्दी कारागार आक्रमणमा सयौँ कैदी बाहिरिएपछि प्रधानमन्त्री कार्यालयले कर्फ्यु घोषणा गरेको हो।

आन्दोलनका क्रममा अहिलेसम्म ३५ जनाको ज्यान गएको छ । तर ज्यान गुमाउनेको सङ्ख्या यो भन्दा धेरै हुन सक्ने अुनमान गरिएको छ ।

बङ्गलादेशमा सन् १९७१ को स्वतन्त्रता सङ्ग्राममा भाग लिने स्वतन्त्रता सेनानीका परिवारलाई सरकारी जागिरमा दिएको आरक्षणको विरोधमा विद्यार्थी र युवाहरूले आन्दोलन गर्दै आएका छन् ।

राजधानी ढाकालगायतका शहरमा ठुलो सङ्ख्यामा सुरक्षा बल तैनाथ गरिएको छ । यस्तै शान्ति सुरक्षा कायम गर्न सरकारले सेना परिचालन गर्ने तयारी छ ।

प्रदर्शनकारीहरूले बिहीबार बङ्गलादेशको मुख्य सरकारी प्रसारक बिटिभीको मुख्यालयमा आगजनी गरेका थिए ।

प्रदर्शन हिंसात्मक हुँदै गएपछि बंगलादेशका धेरै ठाउँमा इन्टरनेट सेवा बन्द गरिएको छ भने बङ्गलादेशका विद्यालय र विश्वविद्यालय अर्को सूचना नआउँदासम्मका लागि बन्द गरिएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ