श्रीलंकाको डम्बुलामा सुरु भएको ‘नवौँ महिला एसिया कप क्रिकेट प्रतियोगिता’को उद्घाटन खेलमा नेपालले विजयी सुरुवात गरेको छ ।
नेपालले शुक्रबार सम्पन्न आफ्नो पहिलो खेलमा संयुक्त अरब इमिरेट्स यूएईलाई ६ विकेटले हराएर इतिहास रचेको छ ।
११६ रनको औसत चुनौति पाएको नेपाललाई विजयी बनाउन सम्झना खड्काले विष्फोटक पारी खेलिन् । उनले पहिलो अन्तराष्ट्रिय अर्धशतक बनाउदै नेपाललाई सहजै जित दिलाइन् । सम्झनाले ४५ बलमा ७२ रन हानिन् ।
यसअघि युएइलाई औसत स्कोरमा रोक्न कप्ताल इन्दु वर्माले महत्वपूर्ण भूमिका खेलिन् । उनले ३ विकेट चट्काएकी थिइन् ।
टस हारी ब्याटिङको निम्तो पाएको यूएईले निर्धारित २० ओभरमा आठ विकेट गुमाएर एक सय १५ रन बनाएको थियो । जवाफी ब्याटिङमा ओर्लिएको नेपालले १६.१ ओभरमा केवल चार विकेट गुमाएर एक सय १८ रन बनाउँदै विजय लक्ष्य पार ग¥यो ।
नेपाललाई महत्वपूर्ण जित दिलाउन बलिङतर्फ कप्तान इन्दू बर्मा र ब्याटिङतर्फ सम्झना खड्काले महत्वपूर्ण योगदान गरे । इन्दूले तीन विकेट लिइन् भने सम्झनाले उत्कृष्ट अर्धशतकीय पाली खेलिन् । अन्तर्राष्ट्रिय क्रिकेटमा आफ्नो पहिलो अर्धशतक प्हर गर्ने क्रममा २४ वर्षीया सम्झनाले अविजित ७२ रन बनाइन् ।
सम्बन्धित खबर
पर्वत र आयोजक टोली एलिट बन्यो च्याम्पियन
पुतलीबजार मेयर कपको उपाधि वडा ७ र १२ लाई
उकालो दौड प्रतियोगिताको उपाधि ओखलढुङ्गाका कार्कीलाई
केपी ओलि कप टी २० क्रिकेट जारी
प्रथम एलिट भलिबल कपको सेमिफाइनल र फाइनल खेल भोलि
आर्वामा तेस्रो नवदुर्गा कप भलिबल प्रतियोगिता सुरु
यो पनि पढौँ
पोखरामा पेट्रोल पम्प जोडिएको घरमा लागेको आगो समयमै निभाउँदा ठूलो क्षति टर्यो
पोखरा पृथ्वीचोकमा ट्रकले ठक्कर दिँदा स्कुटरमा सवार शिवराजको मृत्यु
गण्डकी र लुम्बिनी जोड्ने पक्की पुल निर्माण
सङ्खुवासभामा लेक लागेर तनहुँका डाक्टर सिग्देलको मृत्यु