पोखरा । हिमालयन फ्रेन्ड्स चाइल्ड क्लब आयोजनामा पोखरामा यही ४–५ साउनमा यु–२० चेस प्रतियोगिता हुने भएको छ ।
अन्तर्राष्ट्रिय बुद्धिचाल संघ १०० वर्ष पुगेको अवसरमा क्लबले दोस्रो संस्करणको प्रतियोगिता गर्न लागेको बिहीबार पत्रकार सम्मेलन गरी जानकारी दिएको हो ।
प्रतियोगितामा २० वर्षमुनिका खेलाडी खुला रुपमा सहभागिता जनाउन पाउने संयोजक रामबहादुर क्षत्रीले जानकारी दिए । प्रतियोगितामा स्वीच लिग आधारमा ¥यापिड रेटिङमा ९ चरणमा प्रतिस्पर्धा हुनेछ । अहिलेसम्म १ सय १० जना खेलाडीले नाम दर्ता गरिसकेका छन् ।
प्रतियोगितामा यु–१०, यु–१४, यु–१६ र यु–२० गरी ४ विधामा खेलाइने क्लब अध्यक्ष परिवेश थापाले जानकारी दिए । विधा फरक भए पनि १५ मिनेटभित्र सकिने स्पर्धा भएकाले खेलाडीहरुले प्राप्त गरेको अंक आधारमा विजेता टुंगो लगाइने उनले बताए ।
प्रथम, द्वितीय र तृतीयले क्रमशः २ हजार, १ हजार ५ सय र १ हजार रुयैयाँ साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने संयोजक क्षत्रीले जानकारी दिए । यस्तै, सान्त्वना हुने २ जनासँगै प्रत्येक विधामा उत्कृष्ट खेलाडीलाई ५÷५ सय रुपैयाँ पुरस्कार प्रदान गरिने उनले बताए ।
सम्बन्धित खबर
पोखरा थण्डर्सलाई फुटसलको उपाधि
एमसीएल सिजन–३ का लागि खेलाडीहरुको मोलमोलाई : ५ सय देखि १० हजार सम्मको बोली
रोनाल्डो बने सामाजिक सञ्जालमा एक अर्ब फलोअर्स पाउने पहिलो व्यक्ति
पोखरा क्लिक डटकमले पुम्दीभुम्दीमा ‘प्रथम पर्वतीय दौड’ गर्दै
इन्टर रिकभरिङ फुटसलः पोखरा फेलोसिप च्याम्पियन
पेल्काचौरमा दशैँ पूर्णिमा मेला हुने, भलिबल प्रतियोगिता एवं विविध सांस्कृतिक कार्यक्रम
यो पनि पढौँ
स्याङ्जामा विवाहकै दिन बेहुलाबेहुली पक्राउ
जनकपुरको होटलमा बेहोस भेटिएकी पोखराकी युवतीको मृत्यु, सँगै बसेका २ युवक फरार
आँखामा राख्दा पनि नबिझाउने ‘बिनोद सर’ अब सम्झनामा
बालकुमारीमा मारिएकाका परिवारलाई कोरियाबाट आर्थिक सहयोग