चितवन । सिमलताल पहिरोमा परेर त्रिशूलीमा हराइरहेको बसका हालसम्म २० यात्रुको मात्रै शव भेटिएको छ । जसमध्ये १४ जनाको मात्रै सनाखत भएको छ ।
आज अर्का एक यात्रुको शव फेला परेको छ । भरतपुर महानगरपालिका-२६ शिशुवार क्षेत्रमा नारायणी नदीको किनारमा एक पुरुषको शव आज भेटिएको हो । शवको सनाखत हुन बाँकी छ ।
गत असार २८ गते विहान नारायणगढ मुग्लिन सडकखण्ड अन्तर्गत भरतपुर महानगरपालिका-२९ मा सिमलतालमा पहिरोले दुई वटा यात्रुबाहक बस बगाएको थियो । ६२ जना यात्रुसहित बस त्रिशूलीमा बेपत्ता भएको थियो । बस पानीमा खसे पछि ३ जना यात्रु भने पौडिएर बाँच्न सफल भएका थिए ।
नदीमा अझै ४२ यात्रुको अवस्था अज्ञात छ । सशस्त्र प्रहरीको विपद् व्यवस्थापन तालिम केन्द्र कुरिनटार र नेपाली सेनाका विपद् व्यवस्थापन गण रसौलीका तालिम प्राप्त सुरक्षाकर्मीले विभिन्न प्रविधिको प्रयोग गरेर बसको खोजतलास गरे पनि घटना भएको ७ दिनसम्म पनि बस फेला पार्न सकेका छैनन् ।
वीरगञ्जबाट २७ यात्रुसहित काठमाडौं जान आउँदै गरेको बागमती प्रदेश ०३-००६ ख १५१६ नम्बरको एन्जल डिलक्स र काठमाण्डौंबाट ३८ यात्रु लिएर रौतहटको गौर जान आउँदै गरेको बा ०३-००१ ख २४९५ नम्बरको गणपति डिलक्स बसलाई पहिरोले बगाएर त्रिशूलीमा बेपत्ता बनाएको थियो ।
सम्बन्धित खबर
नारायणगढ–मुग्लिन सडक एकतर्फी सञ्चालन
सिमलतालबाट ट्रक त्रिशूली नदी किनारमा खस्यो
माछा मार्न गएका दुई युवकलाई राप्ती नदीले बगायो
डेंगुको संक्रमणबाट चितवनमा थप १ जनाको मृत्यु
चितवनमा डेंगु संक्रमणबाट १ जनाको मृत्यु
मुग्लिन–नारायणग सडकको सिमलतालमा बस र ट्रक ठोक्किए, २ जना घाइते
यो पनि पढौँ
स्याङ्जामा विवाहकै दिन बेहुलाबेहुली पक्राउ
जनकपुरको होटलमा बेहोस भेटिएकी पोखराकी युवतीको मृत्यु, सँगै बसेका २ युवक फरार
आँखामा राख्दा पनि नबिझाउने ‘बिनोद सर’ अब सम्झनामा
बालकुमारीमा मारिएकाका परिवारलाई कोरियाबाट आर्थिक सहयोग