काठमाडाैं । पशुपतिनाथ मन्दिर परिसरमा रहेको वनकालीमा मंगलबारबाट बृहत् कोटीहोम महायज्ञ सुरु भएको छ।
मानव सेवा फाउण्डेशनलगायत झण्डै एक दर्जन संघसंस्थाको आयोजनामा पशुपति कोटीहोम नेपाल माहात्म्य तथा १०८ श्रीमद्भागवत विश्व कल्याण मासिक ज्ञान महायज्ञ २०८१ सुरु भएको हो।
महायज्ञ अवधिभर जगद्गुरु, साधु, सन्त, महन्तका साथै ख्यातिप्राप्त कथा वाचकबाट आशीर्वचन तथा कथा प्रवचन हुने आयोजक समितिले जनाएको छ।
यसैगरी महायज्ञमा वाचन प्रवीण पण्डित दीनबन्धु पोखरेल, राधिका दासी, श्रीराम कथावाचक चन्द्रकला सखी र श्रीमद्भागवतकी लोकप्रिय युवा कथावाचिका देवी प्रतिभालगायतले कथावाचन गर्ने बताइएको छ ।
विराट ज्ञानमहायज्ञमा एक सय आठ पण्डितबाट विभिन्न पुराणको पाठ पारायण, वैदिक मन्त्रसहित अनवरत रूपमा नियमित हवन, कन्या पूजन, हजारौँको तुलादान, ज्येष्ठ नागरिकको सम्मान, ताण्डुलाचल चामलको पर्वत निर्माणलगायतको कार्यक्रम पनि नियमित रूपमा सञ्चालन हुने फाउण्डेशनले जनाएको छ।
ज्येष्ठ नागरिक आश्रम, भक्तपुरको भवन निर्माणसँगै राष्ट्र शान्ति, विश्व कल्याण एवं गौरक्षार्थ महायज्ञ आयोजना गरिएको बताइएको छ।
सम्बन्धित खबर
नयाँ वर्ष २०८२ सुरूः शुभकामना आदानप्रदान गरी हर्षोल्लासका साथ मनाइँदै
आजको मौसम पूर्वानुमान
२०८१ मा नेपालमा आठ हजार बढी घटनामा ७४५ जनाको मृत्यु
९ वर्षपछि प्रतिपक्षी बनेको माओवादीका अध्यक्ष प्रचण्डको आँखा सरकारतिरै
राजसंस्थाबारे प्रष्टै बोले पूर्वराजा ज्ञानेन्द्र [पूर्णपाठ पढ्नुहोस्]
दुर्गा प्रसाईंनिकट युवाहरूले लगाएका थिए तीनकुनेको घरमा आगो [भिडियो]
यो पनि पढौँ
पोखरामा पेट्रोल पम्प जोडिएको घरमा लागेको आगो समयमै निभाउँदा ठूलो क्षति टर्यो
पोखरा पृथ्वीचोकमा ट्रकले ठक्कर दिँदा स्कुटरमा सवार शिवराजको मृत्यु
गण्डकी र लुम्बिनी जोड्ने पक्की पुल निर्माण
अन्नपूर्णमा हिमपहिरो, २ नेपाली बेपत्ता