राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले देशको विभिन्न ६ स्थानमा आइतबार एकैपटक शाखा विस्तार गरी कारोबार शुभारम्भ गरेको छ ।
कास्की जिल्लाको पोखरा महानगरपालिका वडा नः १, हरिचोकमा शाखा कार्यालय स्थापना गरेको छ । यस्तै, सुनसरी जिल्लाको हरिनगरा नगरपालिका वडा नः २, भुटाहा स्थित शाखा कार्यालय भुटाहा, काठमाडौं जिल्लाको काठमाडौं महानगरपालिका वडा नः २, लाजिम्पाट स्थित शाखा कार्यालय लाजिम्पाट, काठमाडौं महानगरपालिका वडा नः ४, सुकेधारा स्थित शाखा कार्यालय सुकेधारामा शाखा विस्तार भएको छ ।
रुपन्देही जिल्लाको तिलोत्तमा नगरपालिका वडा नः ५, मणिग्राम स्थित शाखा कार्यालय मणिग्राम, बर्दिया जिल्लाको बढैयाताल गाँउपालिका वडा नः ६, मैनापोखरा स्थित शाखा कार्यालय मैनापोखरा शाखा कार्यालयहरु विस्तार गरी आइतबारबाट कारोबार शुभारम्भ गरेको छ ।
यसपछि, बैंकको शाखा कार्यालयहरुको संख्या २९४ पुगेको छ । साथै बैंकले आईतबार नै स्याङ्जाको चापाकोट नगरपालिका वडा न. १० स्थित इसान बहुप्राविधिक शिक्षालयमा ७३ औं एक्स्टेन्सन काउन्टर समेत सञ्चालनमा ल्याएको छ ।
बैंकको सातै प्रदेश, ७७ वटै जिल्लामा २९४ वटा शाखा कार्यालय, ३०८ वटा एटिएम र ७३ वटा एक्स्टेन्सन काउन्टर रहेको छ ।
सम्बन्धित खबर
राजसंस्थाबारे प्रष्टै बोले पूर्वराजा ज्ञानेन्द्र [पूर्णपाठ पढ्नुहोस्]
दुर्गा प्रसाईं असाममा पक्राउ, नेपाल ल्याइँदै
नेपाल बार एसोसिएसनको अध्यक्षमा प्राडा मिश्र निर्वाचित
रवि लामिछाने भैरहवा कारागार चलान
महानगर प्रहरी प्रमुख राजु पाण्डेले प्रशासकीय अधिकृतसँग मागे माफी
अन्तरिम आदेश नपाएपछि कुलमानको पत्रकार सम्मेलन
यो पनि पढौँ
पोखरामा पेट्रोल पम्प जोडिएको घरमा लागेको आगो समयमै निभाउँदा ठूलो क्षति टर्यो
पोखरा पृथ्वीचोकमा ट्रकले ठक्कर दिँदा स्कुटरमा सवार शिवराजको मृत्यु
गण्डकी र लुम्बिनी जोड्ने पक्की पुल निर्माण
सङ्खुवासभामा लेक लागेर तनहुँका डाक्टर सिग्देलको मृत्यु