तनहुँमा एक युवकले आफू डाक्टर भएको बताउँदै ललाई फकाई प्रभावमा पारेर १२ वर्षीया बालिकामाथि जबरजस्ती करणी गरेको घटना बाहिरिएको छ ।
जिल्ला प्रहरी कार्यालयका अनुसार देवघाट गाउँपालिका–५ की बालिकामाथि जबरजस्ती करणी भएको हो । प्रहरीले यस घटनामा सोही गाउँपालिकाको वडा नम्बर २ बस्ने २२ वर्षीय ईश्वर थापा मगरलाई पक्राउ गरेको छ ।
प्रहरीका अनुसार थापाले आफूलाई वीर अस्पतालमा कार्यरत डाक्टर सागर मगर भनेर चिनाएका थिए । सामाजिक सञ्जालमा समेत उनले डा. सागर मगर (एमबीबीएस यूडीटीसी बंगलादेश) भनेर राखेका थिए ।
उनले गत जेठ ५ गते नाबालिकामाथि जबरजस्ती करणी गरेकोमा असार ३० गते पक्राउ गरिएको हो । उनलाई जबरजस्ती करणी सम्बन्धी मुद्दामा तनहुँ जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान भइरहेको छ ।
नाबालिकामाथि बलात्कारका थप दुई घटना
तनहुँमा नै १४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा दुई जना पक्राउ परेका छन् । भिमाद नगरपालिका-५ वाङटेङटार बस्ने ४३ वर्षीय चित्रबहादुर कामी र सोही ठाउँ बस्ने १६ वर्षीय किशोरलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।
उनीहरूले ती बालिकालाई असार १५ गते जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय बेलचौताराबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको बताइएको छ ।
यसैगरी, मकैबारीमा लगेर १३ वर्षीया बालिकामाथि जबरजस्ती करणी गरेको आरोपमा तनहुँ भिमाद नगरपालिका–७ बस्ने ३१ वर्षीय वीरेन्द्र परियारलाई प्रहरीले पक्राउ गरेको छ ।
गत असार २५ गते ती बालिकालाई ललाई फकाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा प्रहरीले उनलाई पक्राउ गरेको बताइएको छ । उनलाई जिल्ला अदालतबाट म्याद थप भई अनुसन्धान भइरहेको छ ।
सम्बन्धित खबर
नेपाल टेलिकमद्वारा बाग्लुङमा विद्यार्थीलाई स्कुल ब्याग वितरण तथा FTTH सेवा शुभारम्भ
स्याङ्जामा करेन्ट सर्टबाट दुई ठाउँमा आगलागी
पुस्तकालय व्यवस्थापन सम्बन्धी तालिम सम्पन्न
पुतलीबजार राष्ट्रपति रनिङ शिल्डको उपाधि रोशनी माविलाई
पुतलीबजारका करिब एक हजारलाई कुखुराका चल्ला वितरण
६२ वर्षपछि श्रेष्ठले पाए जग्गाको एक करोड रुपैयाँ मुआब्जा
यो पनि पढौँ
चरक मेमोरियल हस्पिटलको १३ औं वार्षिकोत्सवमा विविध कार्यक्रम
‘पोखरा विन्टर फेष्ट’ आगामी शनिबार, चर्चित भारतीय कलाकार सञ्जु राठोडको प्रस्तुती रहने
इन्धनबाट चल्ने गाडीहरु विस्थापन हुँदा सयौँ मजदुरहरु पलायन हुने स्थिति आयोः श्रेष्ठ
कल्याण श्रेष्ठले सरकार ढाल्न लागेको चर्चाका बीच उनकै निवास पुगिन् प्रधानमन्त्री कार्की