प्रधानमन्त्रीको पहिलो निर्णय : कीर्तिपुर क्रिकेट रंगशालाको स्तरोन्नति गर्ने, ३ सय दिनको समयसीमा

नयाँ सरकार

प्रधानमन्त्रीको पहिलो निर्णय : कीर्तिपुर क्रिकेट रंगशालाको स्तरोन्नति गर्ने, ३ सय दिनको समयसीमा

kp oli pm

काठमाडौँ — प्रधानमन्त्री केपी शर्मा ओलीले सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पदभार ग्रहण गर्दै कीर्तिपर क्रिकेट रंगशालाको स्तरोन्निति गरेर सुविधा सम्पन्न गराउने निर्णय गरेका छन् ।

सोमबार राष्ट्रपति रामचन्द्र पौडेलबाट सपथग्रहण गरेपछि प्रधानमन्त्री कार्यालय पुगेका उनले ३ सय दिनभित्र उक्त रंगशालामा दर्शक बस्न मिल्ने प्याराफिट, रात्रीकालीन खेलका लागि फ्लडलाईट जडान गर्ने लगायत आवश्यक संचरना बनाउने निर्णय गरेका हुन् ।

त्रिभुवन विश्वविद्यालयको स्वामित्वमा रहेको उक्त रंगशाला क्रिकेट एसोशिसएन अफ नेपाल (क्यान) ले सम्झौता गरेर सञ्चालन गर्दै आएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 3 seconds