पोखरा महानगरपालिका वडा नं. १५ मा ‘किसान बजार’ सञ्चालनमा आएको छ ।
कृषकले उत्पादन गरेका कृषि उत्पादनलाई सिधै खरिद विक्रि गर्न पाउन् भन्ने उद्देश्यले पोखरा महानगरपालिका वडा नं. १५ र कृषि सञ्जाल पोखरा १५ को साझेदारीमा किसान सञ्चालित बजारको पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले उद्धघाटन गरेका हुन् ।
कृषि बजारलाई नगरपालिकाको पूर्ण साथ र सहयोग रहने मेयर आचार्यले बताए । कृषकहरुले व्यवसायिक कृषि उत्पादनमा जोड दिन समेत उनले आग्रह गरे ।
स्थानिय किसानको हितलाई ध्यानमा राख्दै कृषकको उत्पादनलाई सहज बजार प्रदान गर्नको लागि कृषि बजार सञ्चालनमा आएको वडा नं. १५ का अध्यक्ष तोरण बहादुर बानियाँले जानकारी दिए ।
उक्त किसान बजार सञ्चालनमा आएपछि कृषकहरूले उत्पादन गरेका कृषिजन्य उत्पादन सिधै उपभोक्ताले खरिद विक्रि गर्न पाउने उनको विश्वास छ ।
महानगरको कृषि महाशाखाका प्रमुख वरिष्ठ बागवानी विकास अधिकृत मनहर कडरियाले पोखरा महानगरले पनि किसानलाई निःशुल्क स्टलको व्यवस्था मिलाएको बताए ।
स्वास्थ्यमाथि असर पर्ने कुनै पनि फलफूल तथा तरकारी विक्रीवितरण गरेको भेटिए महानगरले कारबाही गर्ने बताए । ‘महानगरको कृषि महाशाखाले कृषकले उत्पादन गरेका कृषिजन्य वस्तुहरूको बजारको समेत ग्यारेन्टी गर्नेछ ।’
सम्बन्धित खबर
पर्यटकीय याम सुरु हुँदै, पर्यटकीय राजधानी पोखरामा के छ तयारी?
प्रतिभाका उत्कृष्ट विद्यार्थीलाई सम्मान
पावरहाउस रिर्सोटको स्वीमिङ पुलमा डुबेर पाेखरा भ्रमणमा आएका युवकको मृत्यु
समाजसेवी एवं शिक्षासेवी प्रेमराज पहारीको निधन
पोखरा उद्योग वाणिज्य संघमा ६ जना निर्विरोध
घरदैलोमा ब्यस्त अर्जुन पोखरेल समूह
यो पनि पढौँ
स्याङ्जामा विवाहकै दिन बेहुलाबेहुली पक्राउ
जनकपुरको होटलमा बेहोस भेटिएकी पोखराकी युवतीको मृत्यु, सँगै बसेका २ युवक फरार
आँखामा राख्दा पनि नबिझाउने ‘बिनोद सर’ अब सम्झनामा
बालकुमारीमा मारिएकाका परिवारलाई कोरियाबाट आर्थिक सहयोग