ओलीलाई आजै प्रधानमन्त्री नियुक्त गर्ने तयारी, ओलीको दाबी पेस

नयाँ सरकार

ओलीलाई आजै प्रधानमन्त्री नियुक्त गर्ने तयारी, ओलीको दाबी पेस

राष्ट्रपति निवास पुगे कांग्रेस र एमालेका नेताहरू

oli deuba jadai

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई आजै प्रधानमन्त्रीमा नियुक्त गर्ने तयारी गरिएको छ ।

नेपाली कांग्रेस र नेकपा एमालेका नेताहरू यतिबेला राष्ट्रपति भवन शीतल निवास पुगेका छन् । ओलीले प्रधानमन्त्रीमा दाबी पेस गरेका छन् ।

ओलीले संसद्‌को पहिलो दल कांग्रेसका ८८ र दोस्रो दल एमालेका ७७ गरी १६५ सांसदको समर्थनमा प्रधानमन्त्रीमा दाबी पेस गरेका हुन् ।

संसद्‌का अन्य साना दलहरु जसपा, जनमत, जसपा नेपाल, लोसपा र नागरिक उन्मुक्ति पार्टीसमेत कांग्रेस-एमाले गठबन्धन सरकारकै पक्षमा भए पनि ओलीले कांग्रेस र एमालेको मात्रै हस्ताक्षर लिएर प्रधानमन्त्रीमा दाबी पेस गरेका हुन् ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संसदमा विश्वासको मत गुमाएपछि आजै राष्ट्रपतिले नयाँ सरकार गठन गर्न आह्वान गरेका थिए । राष्ट्रपतिले संविधानको धारा ७६ को उपधारा २ अनुसार आइतबारसम्मको समय दिएर दाबी पेस गर्न भनेका थिए ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds