चितवनको भरतपुर महानगरपालिका–२९ सिमलतालमा पहिरोमा परेर बेपत्ता दुई बसका यात्रु खोज्न आउने आफन्तलाई चितवनका होटलहरूले निःशुल्क खाना र बासको व्यवस्था गर्ने भएका छन् ।
होटल व्यवसायी सङ्घ चितवनले पहिरोमा परेर बससँगै बेपत्ता भएकाहरूको खोजीका लागि आउनेहरूलाई निःशुल्क खाना खुवाउने र बसाल्ने निर्णय गरेको हो ।
सङ्घले आज विज्ञप्ति निकालेर बेपत्ता भएकाहरूको उद्धारमा सहयोग पुर्याउने उद्देश्यले यस्तो निर्णय गरेको अध्यक्ष लोकनाथ भट्ट कृष्णले जानकारी दिए ।
पहिरोमा परेर बेपत्ता भएका आफन्तको खोजीमा आउँदा खान/बस्न समस्या नहोस् भन्ने उद्देश्यले जिल्लाका विभिन्न होटलमा निःशुल्क खाना र बस्नको व्यवस्था गरिएको विज्ञप्तिमा उल्लेख छ ।
आज बिहान नारायणगढ–मुग्लिन सडकमा पहिरोमा परेर बेपत्ता भएका दुई वटा बसको खोजी भइरहेको छ ।
सम्बन्धित खबर
नारायणगढ–मुग्लिन सडक एकतर्फी सञ्चालन
सिमलतालबाट ट्रक त्रिशूली नदी किनारमा खस्यो
माछा मार्न गएका दुई युवकलाई राप्ती नदीले बगायो
डेंगुको संक्रमणबाट चितवनमा थप १ जनाको मृत्यु
चितवनमा डेंगु संक्रमणबाट १ जनाको मृत्यु
मुग्लिन–नारायणग सडकको सिमलतालमा बस र ट्रक ठोक्किए, २ जना घाइते
यो पनि पढौँ
स्याङ्जामा विवाहकै दिन बेहुलाबेहुली पक्राउ
जनकपुरको होटलमा बेहोस भेटिएकी पोखराकी युवतीको मृत्यु, सँगै बसेका २ युवक फरार
आँखामा राख्दा पनि नबिझाउने ‘बिनोद सर’ अब सम्झनामा
बालकुमारीमा मारिएकाका परिवारलाई कोरियाबाट आर्थिक सहयोग