प्रशासन कार्यालय स्याङ्जाले सेवाग्राहीको सहजताका लागि नि:शुल्क स्वास्थ्य सहायता कक्ष(हेल्प डेस्क) स्थापना गरेको छ । प्रशासन कार्यालय स्याङ्जामा सेवा लिन आउने सेवाग्राहीलाई सेवा दिने उद्देश्यले नि:शुल्क हेल्प डेस्क स्थापना गरिएको हो ।
जिल्ला प्रशासन कार्यालय स्याङ्जामा राष्ट्रिय परिचयपत्र बनाउनका लागि विषेशगरी जेष्ठ नागरिकहरुको भिडलाई सेवा दिनका लागि सो सुविधा थप गरेको प्रशासन कार्यालय स्याङ्जाले जनाएको छ ।
नेपाल रेडक्रस सोसाइटी स्याङ्जा शाखाको व्यवस्थापन र पुतलीबजार नगरपालिकाको प्राविधिक सहयोगमा कार्यालयमा सेवा लिन आउने सेवाग्राहीलाई लक्षित गर्दै हेल्प डेस्क स्थापना गरिएको हो । गाउँगाउँबाट प्रशासन कार्यालयमा राष्ट्रिय परिचयपत्र बनाउन र अन्य सेवा लिन आउने वृद्धवृद्धाहरु साथै सेवा लिन आउने जो कोहीले आफ्नो स्वास्थ्य अवस्था बारे बुझ्नका लागि हेल्प डेस्क स्थापना गरिएको प्रमुख जिल्ला अधिकारी सुनिता नेपालले जानकारी दिइन् ।
नेपाल रेडक्रस सोसाइटी स्याङ्जाको सहयोगमा अफिस समयसम्म एम्बुलेन्स जिल्ला प्रशासनमा तयार अवस्थामा रहनेछ भने पुतलीबजार नगरपालिकाले एकजना स्वास्थ्यकर्मी व्यवस्था गर्नेछ र एकजना कर्मचारी रेडक्रसबाट रहनेछन् ।
त्यस्तै, सहायक प्रजिअ दिपक पौडेलले कार्यालय समयसम्म स्वास्थ्य सेवा उपलब्ध गराइनुका साथै प्रशासनमा सेवा लिन आउने कोही बिरामी भएमा प्रारम्भिक औषधि रेडक्रसले व्यवस्था गर्ने बताए ।
सम्बन्धित खबर
अवैध ओसारपसारमा संलग्न वडा सदस्यका ट्याक्टर प्रहरी नियन्त्रणमा
स्याङ्जाकी जमुनाको ओमनमा रहस्यमय मृत्यु, न्याय खोज्दै कुमाल परिवार
स्याङ्जामा एक पालिका एक हुलाक कार्यालय
एक वर्षमा क्षयरोगबाट स्याङ्जाका १४ जनाको मृत्यु
मृगौला पीडितलाई फोटोग्राफरहरुको आर्थिक सहयोग
मितेरी सहकारी ठगी आरोपमा कांग्रेस उपसभापति गुरुङविरूद्ध उजुरी
यो पनि पढौँ
स्याङ्जामा विवाहकै दिन बेहुलाबेहुली पक्राउ
जनकपुरको होटलमा बेहोस भेटिएकी पोखराकी युवतीको मृत्यु, सँगै बसेका २ युवक फरार
आँखामा राख्दा पनि नबिझाउने ‘बिनोद सर’ अब सम्झनामा
बालकुमारीमा मारिएकाका परिवारलाई कोरियाबाट आर्थिक सहयोग