पोखरा । लेखनाथ क्षेत्रमा खानेपानी आपूर्ति बन्द भएको छ । मुख्य पाइपमा पहिराले क्षति पुर्याएपछि आपूर्ति बन्द भएको हो ।
लेखनाथ क्षेत्रका लागि गिउजेखोला मुहानबाट पानी आपूर्ति हुँदै आएको थियो । बुधबार राति अविरल वर्षासँगै भिरकुनामा पहिराले मुख्य पाइप बगाएपछि पानी आपूर्ति बन्द भएको लेखनाथ खानेपानी उपभोक्ता संस्थाले जनाएको छ ।
संस्थाले सूचना जारी गर्दै पाइप मर्मतको काम सुरु भइसकेको भए पनि पानी आपूर्ति हुन एक साता लाग्न सक्ने जनाएको छ ।
संस्थाले पानी आपूर्ति बन्द भएपछि हालसम्म जम्मा भएका पानी बोरिङ प्रणालीबाट पालैपालो वितरण गर्ने जनाएको छ । पानीको सही सदुपयोग गर्नसमेत संस्थाले आग्रह गरेको छ ।
पहिरोले ३५५ मिमिको एचडिआइपी पाइप १२ पिस बगाएको सूचनामा उल्लेख छ ।
सम्बन्धित खबर
६५ वर्षीय एक पुरुष मृत फेला
एमालेका वडा अधिवेशन मंसिरभित्रै हुने
चाडपर्वमा खर्चको जोहो गर्न राउटे टोली पोखरामा
अयरपानीमा आँधीखोला फाउन्डेसनको परिकल्पना
वन उद्यम स्थापना सम्बन्धी अभिमुखीकरण एवं कार्यशाला गोष्ठी
दोस्रो राष्ट्रपति रनिङ शिल्ड तथा शैक्षिक महोत्सव शुरु
यो पनि पढौँ
तनहुँ दुर्घटना: बस चालककाे मृत्यु, ३० घाइते [नामावलीसहित]
पोखरा हेम्जामा मध्यराती दुर्घटना हुँदा दोहोरी गायक किरण अधिकारीको मृत्यु
तनहुँको गोरेचौतारामा दुई बस ठोक्किँदा २९ जना घाइते
पोखरामा रिसोर्टको जग खन्ने क्रममा पुरिएर मजदुरको मृत्यु, चार घाइते