युरो कप : फाइनलमा इङ्ल्याण्ड र स्पेनको भिडन्त

युरो कप २०२४

युरो कप : फाइनलमा इङ्ल्याण्ड र स्पेनको भिडन्त

इङ्ल्याण्ड लगातार दोश्रो पटक फाइनलमा, नेदरल्यान्ड २-१ गोल अन्तरले पराजित

nederla2024-07-11-06-07-11

निर्धारित समयको अन्तिम मिनेटमा सप्सिच्युटमा आएका खेलाडीले गोल गरेपछि नेदरल्यान्डलाई पराजित गर्दै इङ्ल्याण्ड युरो कप २०२४ को फाइनलमा प्रवेश गरेको छ ।

जारी युरोकपको सेमिफाइनलमा नेदरल्याण्ड्सलाई २-१ गोल अन्तरले पराजित गर्दै इङ्ल्याण्ड प्रतियोगिताको फाइनलमा पुगेको हो ।

इङलिस टोलीले लगातार दोश्रो पटक फाइनल पुग्ने इतिहास समेत बनाएको छ ।

खेलमा अग्रता भने सातौं मिनेटमानै डच टोलिले लिएको थियो । उस्को लागि जाभी सिम्सोनले गोल गर्दै टिमलाई सुरुवाती अग्रता दिलाएका थिए ।

तर डेन्जेल डम्फ्रिजले ह्यारी केन माथि फाउल गरेपछि पाएको पेनाल्टीमा केनले नै गोल गरेपछि १८ औं मिनेटमा खेल बराबरीमा आएको थियो । पहिलो हाफ १-१ को बराबरिमा टुङ्गिएको खेलमा दोश्रो हाफ पनि करिव बराबरको अवस्था निर्माण हुँदै थियो ।

तर ८१ औं मिनेटमा मैदान पसेका वाटकिन्सले उत्कृष्ट गोल गर्दै इङ्ल्याण्डलाई जित दिलाए । इङ्ल्याण्डले अब उपाधिका लागि स्पेनविरुद्ध खेल्नेछ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds