युरोकपको दोस्रो सेमिफाइनलमा आज राति इङ्गल्यान्ड र नेदरल्यान्ड्स खेल्दै

युरोकपको दोस्रो सेमिफाइनलमा आज राति इङ्गल्यान्ड र नेदरल्यान्ड्स खेल्दै

england netherland

काठमाण्डाै – युरोकप फुटबलको दोस्रो सेमिफाइनलमा आज राति इङ्गल्यान्ड र नेदरल्यान्ड्स खेल्दैछन् । यो खेल राति पौने १ बजे जर्मनीको सिग्लन इडुना पार्कमा शुरु हुनेछ ।

इङ्गल्यान्डले स्विट्जरल्यान्डलाई हराएर र नेदरल्यान्ड्सले टर्कीलाई हराएर अन्तिम चारमा पुगेका हुन् । आजको खेलको विजेताले उपाधिका लागि स्पेनसँग आउँदाे आइतवार खेल्नेछ ।

गएराति भएको खेलमा फ्रान्सलाई हराउँदै स्पेन उपाधि नजिकै पुगेको हो ।

लामिन यामलले युरोमा सबैभन्दा कम उमेरमा गोल गर्ने कीर्तिमान बनाएको मंगलबार राति भएको पहिलो सेमिफाइनलमा स्पेनले फ्रान्सलाई २-१ ले हराएर फाइनल पुगेको हो।

खेलकाे आठौँ मिनेटमा कोलो मुआनीले गोल गरेर फ्रान्सलाई अग्रता दिलाएका थिए । तर, २१ औँ मिनेटमा यमल र २५ औँ मिनेटमा ओल्मोले गोल गरे र स्पेनलाई फाइनलमा पुर्‍याए ।

यामल १६ वर्षीय खेलाडी हुन्। गोलसँगै उनले आफ्नो नाममा कीर्तिमानी लेखाउन सफल भएका छन्।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ