अर्जेन्टिना कोपा अमेरिकाको फाइनलमा

अर्जेन्टिना कोपा अमेरिकाको फाइनलमा

क्यानडा २-० गोल अन्तरले पराजित

argentina

अर्जेन्टिना कोपा अमेरिकाको फाइनलमा पुगेको छ। जारी कोपा अमेरिकाको सेमिफाइनलमा क्यानडालाई २-० गोल अन्तरले पराजित गर्दै अर्जेन्टिना प्रतियोगिताको फाइनलमा पुगेको हो।

अर्जेन्टिनाको जितमा जुलियन अल्भारेज र लियोनेल मेसीले एक एक गोल गरेका थिए। अल्भारेजले खेलको २२औँ मिनेटमा गोल गर्दै अर्जेन्टिनालाई शुरुवाती अग्रता दिलाएका थिए भने मेसीले खेलको ५१औं मिनेटमा गोल गर्दै अग्रता दोब्बर पारेका थिए।

यो जितसँगै अर्जेन्टिना कोपा अमेरिकाको फाइनलमा पुगेको छ। १५ पटक कोपा अमेरिकाको उपाधि जितेको अर्जेन्टिना योसहित ३०औँ पटक कोपा अमेरिकाको फाइनलमा प्रवेश गरेको हो ।

अब फाइनलमा अर्जेन्टिनाले कोलम्बिया र उरुग्वेबीचको विजेतासँग खेल्ने छ । फाइनल खेल जुलाई १५ मा हुने छ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ