पोखरामा पहिरोले घर पुरिँदा २२ वर्षीय युवकको मृत्यु, आमाको उद्धार

विपद्

पोखरामा पहिरोले घर पुरिँदा २२ वर्षीय युवकको मृत्यु, आमाको उद्धार

sahelipakha

तस्वीरः जितेन्द्र क्षेत्री

पोखरामा आज बिहान ४ बजे पहिरोले घर पुरिँदा एक जनाको मृत्यु भएको छ ।

पोखरा महानगरपालिका– २७ सहेलापाखा, कटहरको बोट स्थित मन बहादुर थापा क्षेत्रीको ब्लकले बनेको जस्ताले छाएको १ तले कच्ची घर पहिरोले पुरिँदा २२ वर्षीय भिम थापा क्षेत्रीको मृत्यु भएको कास्की प्रहरीले जानकारी दिएकाे छ ।

ईलाका प्रहरी कार्यालय शिसुवा कास्कीबाट खटिएको प्रहरी टोलीले बिहान ७ बजे भिमलाई मृत अवस्थामा फेला पारी बाहिर निकालको हो ।

प्रहरीले भिमकी आमा ५० वर्षीया कमला थापालाई भने सकुशल उद्धार गरेको छ । मनबहादुर भने कामको सिलसिलामा पोखरामा रहेका थिए ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ