अवैध रुपमा निगालाको टुसा चोरी निकासी गरेको भन्दै जीपलाई कास्की प्रहरीले पक्रेको छ ।
कास्की माछापूच्छ्रे गाउँपालिका वडा नं. ४ लम्सालथरमा सोमबार राति प्रहरी चौकी घाचोक कास्कीबाट खटिएको प्रहरी टोलीले सवारी साधन चेकजाँच गर्ने क्रममा ग ३ च ४५४० नम्बरको बोलेरो जिपले टुसा बोकेको भेटिएको हो ।
अन्नपूर्ण संरक्षण क्षेत्रबाट निगालोको टुसा अन्दाजी १ हजार ४ सय ८० मुठा लोड गरी पोखरातर्फ ल्याउँदै गरेको अबस्थामा फेला पारेको हुँदा उक्त टुसा सहित जिपलाई नियन्त्रणमा लिइएको कास्की प्रहरीले जनाएको छ ।
जिप चालक जिल्ला कास्की माछापूच्छ्रे गाउँपालिका वडा नं.१ टुसे बस्ने वर्ष ३७ को खिम बहादुर पुन र टुसा ल्याउने व्यक्ति जिल्ला कास्की माछापुच्छ्रे गाउँपालिका वडा नं. २ बस्ने वर्ष ४१ का रामजी भण्डारी पक्राउ परेका हुन् ।
थप अनुसन्धान तथा आवश्यक कारवाहीको लागि अन्नपुर्ण संरक्षण क्षेत्र सम्पर्क कार्यालय हरियोखर्क पोखरा पठाइएको प्रहरीले जनाएको छ ।
सम्बन्धित खबर
एमालेका वडा अधिवेशन मंसिरभित्रै हुने
चाडपर्वमा खर्चको जोहो गर्न राउटे टोली पोखरामा
करमा छलकपट गर्नेलाई बढी दण्ड: प्रमुख कर अधिकृत शर्मा
सफल फेमिली मिल्क बजारमा, ‘ढुक्क भई पिऔँ, इम्यूनिटी बढाऔँ’
पोखरा हेम्जामा मध्यराती दुर्घटना हुँदा दोहोरी गायक किरण अधिकारीको मृत्यु
गण्डकीका भौतिक मन्त्रीको निर्देशन : निर्माण अलपत्र पार्ने ठेकेदारलाई पत्र काट्नू
यो पनि पढौँ
तनहुँ दुर्घटना: बस चालककाे मृत्यु, ३० घाइते [नामावलीसहित]
पोखरा हेम्जामा मध्यराती दुर्घटना हुँदा दोहोरी गायक किरण अधिकारीको मृत्यु
तनहुँको गोरेचौतारामा दुई बस ठोक्किँदा २९ जना घाइते
पोखरामा रिसोर्टको जग खन्ने क्रममा पुरिएर मजदुरको मृत्यु, चार घाइते