काठमाडौं । आज राति नेपाल टेलिकमको रिचार्ज गर्न नमिल्ने भएको छ ।
कम्पनीले आफ्नो बिलिङ प्रणाली स्तरोन्नति परीक्षण कार्य गर्न भन्दै यस बारे सूचना जारी गरेको हो ।
यसबाट आज २५ असारको राति ११ बजेदेखि भोलि बिहान ६ बजेसम्म कम्पनीको सेवा प्रभावित हुने बताइएको छ । “उक्त अवधिमा ब्यालेन्स रिचार्ज, प्याकेज खरिद तथ क्वेरी सेवाहरू केही समयका लागि प्रभावित हुन सक्ने हुँदा सो समयभन्दा अगाडि नै आवश्यक ब्यालेन्स रिचार्ज तथा प्याकेज खरिद गर्न अनुरोध छ,” कम्पनीले जारी गरेको सूचनामा भनिएको छ ।
उक्त समयमा मोबाइल भोइस, डेटा, एसएमएस तथा एफटीटीएच भोइस, डेटा, आईपीटिभी आदि सेवाहरू भने यथावत् रूपमा सञ्चालन हुने छन् । यसबाट ग्राहक वर्गमा पर्न जाने असुविधा प्रति कम्पनीले क्षमायाचना समेत गरेको छ ।
सम्बन्धित खबर
‘प्रधानमन्त्रीकै नागरिकता र हस्ताक्षर किर्ते गर्नेले कसैको बाँकी राख्दैन’
कांग्रेस–एमालेको सहमतिमा चीन भ्रमणका एजेन्डा तय हुन्छ : गृहमन्त्री लेखक
बीआरआई सम्झौताबारे एमालेसँग साझा धारणा बनाएर अघि बढ्छौं : गगन थापा
एकीकृत समाजवादीले कीर्तिपुरको मेयरमा माओवादीलाई समर्थन गर्ने
प्रधानमन्त्रीको चीन भ्रमणअघि मन्त्री हेरफेर र अध्यादेश तयारी
पार्टीभित्र थुप्रिएको फोहोर सफा गर्ने बेला भयो: महामन्त्री थापा
यो पनि पढौँ
तनहुँ दुर्घटना: बस चालककाे मृत्यु, ३० घाइते [नामावलीसहित]
पोखरा हेम्जामा मध्यराती दुर्घटना हुँदा दोहोरी गायक किरण अधिकारीको मृत्यु
तनहुँको गोरेचौतारामा दुई बस ठोक्किँदा २९ जना घाइते
पोखरामा रिसोर्टको जग खन्ने क्रममा पुरिएर मजदुरको मृत्यु, चार घाइते