निजी क्षेत्रको छाता संस्था नेपाल उद्योग वाणिज्य महासंघमा अबदेखि अध्यक्षमा पनि प्रतिस्पर्धा हुने भएको छ ।
यस अगाडि वरिष्ठ उपाध्यक्ष सिधै अध्यक्ष हुने व्यवस्था थियो । भवानी राणा वरिष्ठ उपाध्यक्ष हुँदा विधान संशोधन गरी वरिष्ठ उपाध्यक्ष स्वत अध्यक्ष हुने व्यवस्था गरिएको थियो ।
अबदेखि अध्यक्षमा पनि प्रत्यक्ष निर्वाचन हुने गरी महासंघले विधान संशोधन गरेको छ । सोमबार बसेको महासंघको सातौं कार्यकारिणी बैठकले विधान संशोधनको प्रस्ताव पारित गरेको छ । आगामी साधारणसभाले उक्त प्रस्ताव अनुमोदन गरेपछि लागु हुनेछ ।
बर्तमान वरिष्ठ उपाध्यक्ष अञ्जन श्रेष्ठ अध्यक्ष भएपछि उक्त विधान लागु हुनेछ । अहिले वरिष्ठ उपाध्यक्ष एक जना रहेकोमा अब २ जना वरिष्ठ उपाध्यक्ष रहने व्यवस्था गरिएको छ । महिला उपाध्यक्षसहित ४ जना उपाध्यक्ष रहने व्यवस्था महासंघको विधानमा समेटिएको छ ।
सम्बन्धित खबर
राष्ट्रिय सूचना आयोगमा प्रमुख आयुक्त र आयुक्तहरू नियुक्त
प्रधानमन्त्रीको बीआरआई लक्षित टिप्पणी: ऋण लिने हाम्रो अवस्था छैन
नेपालका को–को नेता पुगे कम्बोडिया ?
केदार ढकाल र बुद्धिराज गुरुङ एआईजी बने
११ एयरलाइन्सले बुझाए हवाई भाडादरको विवरण
खोला किनारामा २० मिटर मापदण्डको फैसला सर्वोच्चले पुनरावलोकन गर्ने
यो पनि पढौँ
तनहुँ दुर्घटना: बस चालककाे मृत्यु, ३० घाइते [नामावलीसहित]
पोखरा हेम्जामा मध्यराती दुर्घटना हुँदा दोहोरी गायक किरण अधिकारीको मृत्यु
तनहुँको गोरेचौतारामा दुई बस ठोक्किँदा २९ जना घाइते
पोखरामा रिसोर्टको जग खन्ने क्रममा पुरिएर मजदुरको मृत्यु, चार घाइते