गण्डकी प्रदेश सरकारले सर्वोत्कृष्ट र उत्कृष्ट कृषक गरी पाँच जनालाई पुरस्कृत गरेको छ । प्रदेश सरकार मातहतको कृषि तथा भूमि व्यवस्था मन्त्रालयले स्वीकृत वार्षिक कार्यक्रमअन्तर्गत सोमबार कृषकलाई नगदसहित सम्मान गरेको हो ।
प्रदेश सर्वोत्कृष्ट कृषक पुरस्कारबाट तनहुँको शुक्लागण्डकी नगरपालिका–१० मा सञ्चालित युनिक मल्टी एग्रो प्रालिका सञ्चालक हरिबहादुर खड्का नगद ३० हजार रुपैयाँ नगदसहित पुरस्कृत भए । प्रदेश उत्कृष्ट पुरस्कारबाट माछापुच्छ्रे गाउँपालिका–९ कास्कीस्थित आरोस अर्गानिक कृषि फार्मका सञ्चालक पदमबहादुर तामाङ, कावासोती नगरपालिका–१५ नवलपुरस्थित पाण्डे मत्स्य फार्मका सञ्चालक निराजन पाण्डे, थासाङ गाउँपालिका–१ टुकुचे मुस्ताङको आइपिएम एप्पल फार्मका नीरज तुलाचन र लमजुङको क्वोलासोधर गाउँपालिका–८ स्थित अस्मिता एकीकृत फार्मकी सञ्चालक केशकुमारी गुरुङ सम्मानित भए । प्रदेश उत्कृष्ट कृषकलाई जनही २० हजार रुपैयाँसहित सम्मान गरिएको थियो ।
कृषकलाई गण्डकी प्रदेश नीति तथा योजना आयोगका सदस्य माया तिमिल्सिना, कृषि तथा भूमि व्यवस्था मन्त्रालयका सचिव डा टंक प्रसाईं, कृषि विकास निर्देशनालयका महानिर्देशक वासुदेव रेग्मी र पशुपंक्षी तथा मत्स्य विकास निर्देशनालयका महानिर्देशक डा प्रेरणा सेढाइलगायतले सम्मान गरेका थिए ।
जिल्लाका उत्कृष्ट कृषकमध्येबाट ५ जनालाई पुरस्कृत गरिएको मन्त्रालयको कृषि विकास महाशाखा प्रमुख भानुभक्त भट्टराईले जानकारी दिए ।
उनले भने, ‘प्रत्येक जिल्लामा पुरस्कृत भएका ४/४ जना कृषकमध्येबाट एक एक जना गरी १० जना सिफारिस भएर आएका थिए, तीमध्ये मन्त्रालयबाट पुनः अनुगमन मूल्यांकन गरी सर्वोत्कृष्ट र उत्कृष्ट कृषक छनोट गरेका हौँ ।’ कृषि विकास निर्देशनालयका महानिर्देशक वासुदेव रेग्मीले कृषकलाई प्रोत्साहनका लागि पुरस्कृत गर्ने कार्यक्रम सञ्चालन भइरहेको जानकारी दिए ।
सम्बन्धित खबर
प्रतिभा माविद्वारा व्यवस्थापन संकायका अब्बल विद्यार्थीलाई सम्मान
पत्रकार महासंघ गण्डकी र कास्की भवनमा क्रियाशील पत्रकारले लगाए फेरि ताला
छाब्दीवाराही मन्दिर: धार्मिक गन्तव्यस्थल
कास्कीमा डेंगीबाट तीनको मृत्यु, ३७ सय बढी संक्रमित
पोखरामा कर्मचारी सञ्चय कोषको ६३ औं वार्षिकोत्सव मनाइयो
लमजुङको डुम्रे–बेँसीशहर सडक खुल्यो
यो पनि पढौँ
स्याङ्जामा विवाहकै दिन बेहुलाबेहुली पक्राउ
जनकपुरको होटलमा बेहोस भेटिएकी पोखराकी युवतीको मृत्यु, सँगै बसेका २ युवक फरार
आँखामा राख्दा पनि नबिझाउने ‘बिनोद सर’ अब सम्झनामा
बालकुमारीमा मारिएकाका परिवारलाई कोरियाबाट आर्थिक सहयोग