पोखरामा पुलबाट हामफालेर एक जना घाइते भएका छन् । घाइते हुनेमा तनहुँ शुक्लागण्डकी नगरपालिका वडा नं. १ का ४० वर्षीय नेत्रनाथ कोइराला छन् ।
जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार सोमबार दिउँसो २ बजे कोइराला पोखरा वडा नं. ३२, खुदीस्थित पुलबाट हामफालेका थिए ।
कोइराला हामफालेको सूचना प्राप्त गर्नेबित्तिकै प्रहरी चौकी जनताको चौताराबाट प्रहरी टोली खटिएर उनको उद्धार गरेको थियो ।
उनको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गत पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा उपचार भइरहेको कास्की प्रहरीका प्रवक्ता डीएसपी वसन्त कुमार श्रेष्ठले जानकारी दिए ।
उनी हामफाल्नुको कारण नखुलेको र थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
सम्बन्धित खबर
प्रथम स्व. कमल पोख्रेल स्मृति कप, पुरुष भलिबल प्रतियोगिता हुने
पुस्तक तथा स्टेसनरीमा गौतमको नेतृत्व
कास्कीको अन्नपूर्णमा ‘हनि हन्टिङ’ महोत्सव
रिमझिम बल क्यान्डी ‘पीरो मिठाई’ पोखरा बजारमा उपलब्ध, छिट्टै देशैभर उपलब्ध हुने
नि : शुल्क स्वास्थ्य शिविरबाट दुई हजार बढी लाभान्वित
चिसोले विद्यार्थी बिरामी पर्न थालेपछि पठनपाठन प्रभावित
यो पनि पढौँ
पोखरा हेम्जामा मध्यराती दुर्घटना हुँदा दोहोरी गायक किरण अधिकारीको मृत्यु
डिभिजन वन तनहुँमा योग्यता नपुगेका व्यक्तिलाई प्रमुख बनाइएको भन्दै अदालतमा मुद्धा
पोखराका होटलमा राखी चार बालिकालाई यौनकार्यमा लगाउने तीन युवती पक्राउ
वीरेन्द्र स्कुलमा प्रतिभा प्रस्फुटन कार्यक्रम