मुखियालाई कानुन सिकाउँदै प्रहरी

मुखियालाई कानुन सिकाउँदै प्रहरी

IMG_4500

सुन्दरकुमार थकाली, मुस्ताङ । मुस्ताङमा सदियौकालखण्ड देखि चलिआएको मुुखियाप्रथालाई स्थानीय प्रशासन र प्रहरीले परिवर्तित मुलुकी ऐन २०७५ कानुनबारे अवगत गराएको छ ।

बिस्तारै समयानुकुल रुपान्तरणको क्रममा रहेको मुस्ताङको मुखियाप्रथा पछिल्लो समयमा सामाजिककार्य मात्र सिमित हुन थालेको छ ।सदियौं पहिले राज्यको पहुँच हिमालपारी सम्म पुग्न नसक्दा यहाँका बिकास निर्माण, सामाजिक रितिरिवाज र संस्कार अनि समाजमा बिभिन्न घटनाहरु मुखियाको टोलीले समस्या समाधान गर्ने चलन थियो ।

त्यस समय मुखिया नै सर्वोपरी र मुखियानै न्यायधिसको रुपमा भुमिका खेल्थे ।समाजका हरेका कार्यमा मुखिया टोलीका आ–आफ्नै आन्तरिक नियम कानुन र बिधान लागु गर्दथे ।सोही अनुसार मुखियाले अप्ठुयारो पर्दा गाँठो फुकाउने काम हुन्थ्यो ।मुखियाकोमा न्याय माग्न जादाँ खादा सहित ५ रुपैयाको भेटी लगेपछि मात्र पीडितको गुनासो छलफलमा ल्याईन्थ्यो ।मुखियाले पीरमर्कामा परेकालाई क्षतिपुर्ति भराउने देखि गल्ती गर्नेलाई सामाजिक रुपकै सजाए दिने चलन थियो ।

मुस्ताङका ५ स्थानीयतहको ९१ वटा गाउँमा अझै मुखियाप्रथा कायम भएपनि पछिल्लो समय घरपझोङ १ छैरोमा मुखियाप्रथालाई रुपान्तर गर्दे गणतान्त्रिक टोल सुधार समित गठन भएको छ ।उहिलेको समय मुखियाले साना र जटिल घटनाहरुको पनि न्यायिक छानवीन गर्ने गर्दथे । मुखियाप्रथा सामाजिक बिकास तथा सास्कृतिक रुपले अघि बढेपनि त्यससमय मुखियाप्रथाको व्यवहार तानाशाही जस्तो हुँने आरोप लाग्ने गर्थो ।मुस्ताङमा वर्षेनी दर्जनौ घटनाहरु घट्ने भएपनि ति मुद्धाहरु जिल्लाको पहँुच सम्म आउदैनथ्यो ।मुखियाकै टोलीले घटना मिलाउने भएकाले प्रहरी र प्रशासनको आधाजसो काम स्थानीय स्तरमै टुङ्गिन्थ्यो ।

पछिल्लो समय ०४६ र ०६२ सालको आन्दोलनको परिवर्तनले मुस्ताङको मुखियाप्रथाका अधिकारहरु समेत खोसिन थालेको छ भने राज्यको उपस्थित क्रमिक रुपमा दरिलो हुँदै गईरहेको छ ।मुलुकमा गणतन्त्र स्थापना भएपछि भने उपल्लो मुस्ताङमा सदियौ देखिको राजा राख्ने चलन पनि भङ्ग भयो ।केही समान्य मुद्धा म्खियाले मिलाउने गरेतापनि संघियता कार्यान्वय भएपछि ति अधिकारहरु पनि खोसिएका छन् ।अहिले मुखियाप्रथा रहेपनि संस्कृति जोगाउने र सामाजिककार्यमा मात्र मुखिया सीमित भईरहेको छ ।

जिल्लाकै मुखियाहरुको आन्तरिक गतिविधि थाहा पाउँने र मुलुकी ऐन २०७५ बारे जानकारी गर्ने उद्देश्यले जिल्ला प्रहरी कार्यालयले तीन स्थानीयतहका गाउँमुखियाहरुलाई शुक्रबार सचेतना अभिब्ृीद्ध गराउन अन्तरक्रियाँ गरेको छ ।प्रहरी प्रशासन र गाउँमुखियाहरुबीच बिद्यमान मुखियाप्रथाको कार्यसंञ्चालन तथा परिवर्तित मुलुकी ऐनबारे समसामयिक बिषयमा धारणा बुझ्ने तथा कानुन कार्यान्वयनमा समन्वयात्मक भुमिका निर्वाह गर्ने मुस्ताङका प्रहरी नायवउपरिक्षक महेन्द्र खड्काले जानकारी दिए ।

अन्तक्रियाँमा तीन वटै स्थानीयतहका गाउँमुखियाहरुले मुखियाप्रथाको भुमिका र यसको ऐतिहाँसिक तथा साँस्कृतिक महत्वका बारेमा प्रहरीलाई जानकारी गराएका थिए ।उनीहरुले मुखियाप्रथाले सामाजिक बिकास तथा बिकृति बिसङ्गतिलाई समेत न्युनिकरण गर्दे समतामुलक समाज निर्माणमा योगदान गर्दे आएको दावी गरे ।

प्रमुख जिल्ला अधिकारी शिशिर पौडेलले मुस्ताङमा सदियौ देखि चलिआएको मुखियाप्रथा आफैमा नराम्रो नभएको बताए ।उनले मुखियाप्रथाले सामाजिक बिकास तथा सास्कृतिक पहिचान बोकेको उल्लेख गरे । समाजमा अस्थिरता सृजना गर्ने तथा समाजलाई हानी नोक्सान गर्ने खालका अपराधजन्य घटनालाई कानुनी दायरामा ल्याउन प्रहरी र प्रशासनलाई सघाउनु पर्ने प्रजिअ पौडेलको भनाई छ । घरपझोङ गाउँपालिकाकी उपाध्यक्ष शर्मिला गुरुङले सामान्य घटना बाहेक अन्य ठुला घटनाहरु न्यायिक समितिलाई हेर्ने अधिकार नरहेको उल्लेख गरिन् ।

त्यस्तै,थासाङका गाउँमुखिया ज्वाहार भट्टचनले मुखियाप्रथा सदियौ पहिले देखि परम्परागत रुपमा चलिआएको बताए ।उनले विगतमा मुखियाले थुप्रै जिम्मेवारी संम्हाल्नुपर्ने अवस्था रहेपनि बिद्यमान अवस्थामा मुखिया केवल सामाजिककार्य मात्र समित हुँदै आएको जनाए ।उनले मुखियाप्रथा एकल जातीय रुपमा चल्दै आएतापनि अबका दिनमा अल्पसंख्यक जातीहरुलाई समेट्न सकिने उल्लेख गरे ।

कार्यक्रममा स्थानीयतहका गाउँमुखियाहरुलाई जिल्ला सरकारी वकिल कार्यालयका अधिवक्ता गोपाल ढकालले परिवर्तित मुलुकी ऐन सहिंता २०७५ मा भएका कानुनबारे संक्षिप्त जानकारी गराएका थिए ।

प्रतिक्रिया

लेखकको बारेमा

ट्रेन्डिङ