नवलपुर । त्रिवेणीस्थित गण्डक ब्यारेजमा बाढीको सतह खतराको सीमा नजिक पुगेपछि भारतले गण्डक ब्यारेजका सबै ३६ ढोका खोलेको छ ।
गण्डकमा पानीको सतह २ लाख ६० हजार क्यूसेक लिटर भन्दा माथि पुगेका कारण भारतको उत्तर प्रदेश र बिहार लगिएका २ वटा नहर र भारतमा हुन सक्ने जोखिम कम गर्न सबै ढोका खोलेको हो ।
प्रहरी चौकि त्रिवेणीका सई महेश रायमाझिका अनुसार पानीको सतह खतराको सिमा नजिक पुगेका कारण ढोका खोलिएको हो । त्यसले त्रिवेणी क्षेत्रको ड्बुान कमगर्न पनि सघाउँछ ।
तिनदिनदेखिको लगातारको वर्षालले गण्डकमा नदीको सतह एक्कासी बढेपछि भारतले आफनो सुरक्षाको लागि ढोका खोलेको हो । रायमाझिका अनुसार गण्डकमा पानीको सतह लगातार बढि रहेको छ ।
नेपाल भारतको सिमानामा पर्ने त्रिवेणीमा बांध बांधेर करिब ६० वर्ष अघिदेखि भारतले उत्तर प्रदेश र बिहारका साढे २ लाख हेक्टर क्षेत्रफलमा पानी लगेको छ । सिमानामा पर्ने गण्डक ब्यारेजमा पानी नियन्त्रण गर्ने जिम्मा भारतियको एकाधिकार छ ।
नेपाल तर्फको भूभाग डुवानको जोखिम हुदासमेत भारतलाई जानकारी गराएपछि उसैले ढोका खोलेर नदीमा पानीको बहाब सुनिश्चित गर्छ ।
सम्बन्धित खबर
‘ग्लोबल मनी वीक’ अन्तर्गत कावासोतीमा वित्तीय साक्षरतामूलक कार्यक्रम
नवलपुरमा ट्रिपरसँग मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु
छात्रलाई यौन दुर्व्यवहार गरेको आरोपमा शिक्षक पक्राउ
सामूहिक प्याज खेतीमा जुट्दै किसान
पत्रकार महासङ्घ नवलपुरको अध्यक्षमा श्रीराम सिग्देल निर्वाचित
लाइसेन्समा दायाँबायाँ सुन्न नपरोस् : यातायात मन्त्री केसी
यो पनि पढौँ
पोखरामा पेट्रोल पम्प जोडिएको घरमा लागेको आगो समयमै निभाउँदा ठूलो क्षति टर्यो
पोखरा पृथ्वीचोकमा ट्रकले ठक्कर दिँदा स्कुटरमा सवार शिवराजको मृत्यु
गण्डकी र लुम्बिनी जोड्ने पक्की पुल निर्माण
अन्नपूर्णमा हिमपहिरो, २ नेपाली बेपत्ता