पोखरा । पोखरा विश्वविद्यालयमा कार्यरत करार प्राध्यापक तथा प्राविधिकहरुले उपकुलपतिसहितका पदाधिकारीहरुको कार्यकक्षमा तालाबन्दी गरेका छन् । विश्वविद्यालयको २४ औं सभाले करार प्राध्यापकहरुको विषयमा हल्काफुल्का निर्णय गरेकाले आन्दोलनमा उत्रनुपरेको विज्ञप्तीमा उल्लेख गरिएको छ ।
पोखरा विश्वविद्यालयको पछिल्लो सभाले करार सेवामा कार्यरत प्राध्यापकहरुको सेवा अवधि नथपि नयाँ विज्ञापनमा जाने निर्णयको विरुद्ध आन्दोलनमा उत्रिनु परेको उप प्राध्यापक निरज खड्काले बताए। आन्दोलनको पहिलो चरण अन्तर्गत उपकुलपति कार्यालय, रजिष्ट्रार कार्यालय, डिन कार्यालय, सबै स्कूल निर्देशकहरुको कार्यालय, शिक्षण अस्पताल निर्देशक कार्यालय तथा स्कूल प्रशासन कार्यालय तालाबन्दीको गरिएको छ ।
साथै समस्याको समाधान नभए आइतबारबाट थप सशक्त आन्दोलनको घोषणा गरिने समेत आन्दोलनरत प्राध्यापकहरुले जानकारी दिए ।
सम्बन्धित खबर
डिभिजन वन तनहुँमा योग्यता नपुगेका व्यक्तिलाई प्रमुख बनाइएको भन्दै अदालतमा मुद्धा
६५ वर्षीय एक पुरुष मृत फेला
एमालेका वडा अधिवेशन मंसिरभित्रै हुने
चाडपर्वमा खर्चको जोहो गर्न राउटे टोली पोखरामा
अयरपानीमा आँधीखोला फाउन्डेसनको परिकल्पना
वन उद्यम स्थापना सम्बन्धी अभिमुखीकरण एवं कार्यशाला गोष्ठी
यो पनि पढौँ
तनहुँ दुर्घटना: बस चालककाे मृत्यु, ३० घाइते [नामावलीसहित]
पोखरा हेम्जामा मध्यराती दुर्घटना हुँदा दोहोरी गायक किरण अधिकारीको मृत्यु
तनहुँको गोरेचौतारामा दुई बस ठोक्किँदा २९ जना घाइते
पोखरामा रिसोर्टको जग खन्ने क्रममा पुरिएर मजदुरको मृत्यु, चार घाइते