जिल्ला प्रहरी कार्यालय तनहुँले मादक पदार्थ सेवन गरेर एम्बुलेन्स चालाएको आरोपमा पोखराका एक युवालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा पोखरा महानगरपालिका–१३ मियापाटनका ५० वर्षीय अन्नजन मिया रहेका छन् ।
ग २ च ७००२ नम्बरको एम्बुलेन्स म्याग्दे गाउँपालिकामा दुर्घटना भएको थियो ।
त्यसपछि अनुसन्धानका क्रममा मादक पदार्थ सेवन गरेर चलाएको पुष्टि भएको भन्दै मियालाई नियन्त्रणमा लिइएको तनहुँ प्रहरीका प्रवक्ता तथा डिएसपी दिपककुमार रायले बताए ।
डिएसपी रायका अनुसार मियालाई अहिले अभद्र कसुरमा मुद्धा दर्ता गरी अनुसन्धान अघि बढाइएको छ ।
मियाले पोखरा महानगरपालिका–१३ मियापाटनस्थित मुस्लिम धार्मिक सेवा समितिद्वारा सञ्चालित एम्बुलेन्स चलाउँदै आएका थिए ।
सम्बन्धित खबर
डिभिजन वन तनहुँमा योग्यता नपुगेका व्यक्तिलाई प्रमुख बनाइएको भन्दै अदालतमा मुद्धा
मुग्लिन-पोखरा सडकः पूर्वी खण्डमा धमाधम कालोपत्र गरिँदै
पृथ्वीराजमार्गअन्तर्गत तनहुँको सडक दैनिक साढे चार घण्टा बन्द हुने
तनहुँ दुर्घटना: बस चालककाे मृत्यु, ३० घाइते [नामावलीसहित]
तनहुँको गोरेचौतारामा दुई बस ठोक्किँदा २९ जना घाइते
मोटरसाइकल दुर्घटनामा परी तनहुँका एक युवाको मृत्यु
यो पनि पढौँ
तनहुँ दुर्घटना: बस चालककाे मृत्यु, ३० घाइते [नामावलीसहित]
पोखरा हेम्जामा मध्यराती दुर्घटना हुँदा दोहोरी गायक किरण अधिकारीको मृत्यु
तनहुँको गोरेचौतारामा दुई बस ठोक्किँदा २९ जना घाइते
पोखरामा रिसोर्टको जग खन्ने क्रममा पुरिएर मजदुरको मृत्यु, चार घाइते