पोखरामा एटीएम मेसिन फुटाउन खोज्ने धादिङका नेपाली पक्राउ

पोखरामा एटीएम मेसिन फुटाउन खोज्ने धादिङका नेपाली पक्राउ

chori

पोखरा । पोखरा महानगरपालिका–५ जिरो किलोमा रहेको एनएमबी बैंकको एटीएम फुटाउन खोज्ने एक जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा धादिङको सिद्धलेक गाउँपालिका– ३ घर भई हाल पोखरा महानगरपालिका– ९ बस्ने २३ वर्षीय रुपेश नेपाली छन् । मंगलबार बिहान साढे २ बजेतिर जिरो किलोस्थित एनएमबी बैंकको एटीएम मेसिन फुटाएर रकम चोर्न खोजेका थिए । तर रकम चोरी गर्न नपाउँदै प्रहरीले उनलाई पक्राउ गरेको हो ।

पक्राउ परेका नेपालीलाई कास्की जिल्ला अदालतबाट चोरी उद्योग मुद्दामा ७ दिनको म्याद थप गरी अनुसन्धान प्रकृया अगाडी बढाईएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ