पोखरा । साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडले नूनको मूल्य बढाएको छ ।
मंगलबार बसेको साल्ट ट्रेडिङ सञ्चालक समितिको बैठकले नुनको मूल्यवृद्धि गर्ने निर्णय गरेको हो । नयाँ मूल्य गएराति १२ बजेदेखि लागू भएको कम्पनीले जनाएको छ ।
नयाँ मूल्यसूचीअनुसार प्रतिकिलो २२ रुपैयाँ पर्ने आयो नुनलाई अब उपभोक्ताले २६ रुपैयाँ तिर्नुपर्नेछ । यस आधारमा ४ रुपैयाँ प्रतिकिलोका दरले मूल्य बढेको छ।
यसैगरी न्यु शक्ति नुनको उपभोक्ता मूल्य प्रतिकिलो २० रुपैयाँमा पुगेको छ । यसअघि न्यु शक्ति नुनको उपभोक्ता मूल्य १६ रुपैयाँ थियो ।
कम्पनीले भानु नुनको मूल्य भने यथावत् राखेको छ । भानु नुन प्रतिकिलो ९ रुपैयाँमै उपभोक्तालाई उपलब्ध गराउने भएको हो ।
सम्बन्धित खबर
बैंकमा पैसा धेरै भएपछि राष्ट्र बैंकले ४० अर्ब खिच्दै
सुनको मूल्य तोलामा ११०० रुपैयाँले बढ्यो
बढ्यो सुनचाँदीको मूल्य
सुजल फुड्सको क्यान्डी रिमझिम बल पुनः बजारमा आउँदै
घट्यो सुनचाँदीको मूल्य
डिजेल र मट्टितेलको मूल्य बढ्यो
यो पनि पढौँ
तनहुँ दुर्घटना: बस चालककाे मृत्यु, ३० घाइते [नामावलीसहित]
पोखरा हेम्जामा मध्यराती दुर्घटना हुँदा दोहोरी गायक किरण अधिकारीको मृत्यु
तनहुँको गोरेचौतारामा दुई बस ठोक्किँदा २९ जना घाइते
पोखरामा रिसोर्टको जग खन्ने क्रममा पुरिएर मजदुरको मृत्यु, चार घाइते