पोखरा । गण्डकी प्रदेश सभा सदस्य कृष्णप्रसाद पाठकले संसदमा उठेका विषयमा सरकारको जवाफ माग गरेपछि सभामुखले सरकारलाई आगामी बैठकमा जवाफ दिन रूलिङ गरेका छन् ।
सांसद पाठकले आइतबारको बैठकमा विशेष समय लिएर गण्डकी प्रदेश सभा नियमावली, २०८० मा सात दिनभित्र जवाफ दिनुपर्ने व्यवस्था भएपनि सरकारले नदिएको भन्दै रूलिङ माग गरेका थिए । सांसद पाठकले बाढीपहिरोसँग सम्बन्धित विषयमा सरकारको जवाफ माग गरे । त्यसपछि सभामुख कृष्णप्रसाद धितालले आगामी बैठकमा संसदमा उठेका विषय तत्काल सम्बोधन गर्न सरकारको ध्यानाकर्षण गराए ।
सांसद पाठकले नियमावलीमा सात दिनभित्र जवाफ दिनुपर्ने बाध्यात्मक व्यवस्था भएपनि सरकारले उल्लंघन गरेको जिकिर गरे । ‘गण्डकी प्रदेश सभा नियमावली, २०८० को नियम १४ को उपनियम २ मा आकस्मिक, शून्य र विशेष समयमा उठेका विषयको जवाफ सात दिनभित्र दिनुपर्ने व्यवस्था छ,’ उनले थपे, ‘मन्त्रीले जवाफ दिनुपर्ने कुरा बाध्यात्मक शब्दावली प्रयोग गरिएको छ । आफूले बनाएको नियमावली आफैँले उल्लंघन गर्न मिल्छ कि मिल्दैन ?’
बाढीपहिरोले ठूलो क्षति भइरहेको, जीवन र साससँग सम्बन्धित कुरामा मन्त्री नबोलेको भन्दै सांसद पाठकले आक्रोश पोखे । ‘गाउँबस्तीमा जनता रोइरहेको, बाढी पहिरोले सताइरहेको तर सरकार चुप बसेको सांसद पाठकले बताए ।
सभामुखको रूलिङपछि सोमबारको बैठकमा संसदमा बाढीपहिरोसँग सम्बन्धित र शून्य समयमा सांसदले उठाएका प्रश्नको जवाफ सरकारले दिनुपर्ने छ ।
सम्बन्धित खबर
रविले सहकारी प्रकरणमा ‘क्लिन चिट’ पाएको रास्वपाको दाबी, कांग्रेसले भन्योः हास्यास्पद !
बालेन लक्षित माधव नेपालको टिप्पणीः ‘एउटा पालिकाले जित्दा त हैरान छ, प्रत्यक्ष निर्वाचित हुँदैन
मेरो उमेर पनि गयो, ‘रिटायर्डमेन्ट’ हुने बेला भयो: सभापति देउवा
रास्वपाले भन्यो- उपसभामुख गलत व्यक्ति होइनन्
उपसभामुखले देशको शिर झुकाएको कांग्रेसको ठहर, राजीनामा नदिए हटाउने प्रक्रिया थाल्ने
अनेरास्ववियु (क्रान्तिकारी) गण्डकीमा त्रिदीप निर्वाचित
यो पनि पढौँ
स्याङ्जामा विवाहकै दिन बेहुलाबेहुली पक्राउ
जनकपुरको होटलमा बेहोस भेटिएकी पोखराकी युवतीको मृत्यु, सँगै बसेका २ युवक फरार
आँखामा राख्दा पनि नबिझाउने ‘बिनोद सर’ अब सम्झनामा
बालकुमारीमा मारिएकाका परिवारलाई कोरियाबाट आर्थिक सहयोग