प्रचण्ड र ओलीबीचको सिंहदरबार वार्तामा रवि पनि मिसिए

प्रचण्ड र ओलीबीचको सिंहदरबार वार्तामा रवि पनि मिसिए

kp-oli-prachanda-rabi

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र एमाले एमाले अध्यक्ष केपी शर्मा ओलीबीचको भेटमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने पनि मिसिएका छन्।

सिंहदरबारमा अहिले सत्ता समीकरणका ठूला तीन दलका शीर्ष नेताहरुबीचको छलफल जारी छ।

शनिवार कांग्रेस सभापति शेरबहादुर देउवालाई घरमै बोलाएर ओलीले तीन घण्टा छलफल गरेपछि सरकारको नेतृत्व गरिरहेको माओवादी पङ्क्ति तरङ्गित छ। छलफलमा कांग्रेस केन्द्रीय सदस्यसमेत रहेकी देउवा पत्नी आरजु राणा पनि सहभागी थिइन्।

प्रधानमन्त्रीले माओवादी नेताहरूसँग समेत ओली र देउवाबीचको छलफलबारे विश्लेषण गरेका थिए।

प्रधानमन्त्री प्रचण्डले ओलीलाई बिहानै फोन गरेर हिजोको बालकोट भेटबारेसमेत चासो राखेको थिए। त्यही विषयमा छलफल गर्नको लागि अहिले शीर्ष नेताहरू जुटेका हुन्।

ओलीले देउवासँग छलफल गरेपछि सत्ता समीकरणमा हलचल मच्चिएको छ।

प्रमुख प्रतिपक्षी दलका नेता देउवा र सत्ता गठबन्धनको सबैभन्दा ठूलो दलका अध्यक्ष ओलीबीचको भेटलाई अर्थपूर्ण रूपमा हेरिएको छ ।

फागुन २१ मा सत्ता विमुख भएको कांग्रेसले सत्तामा फर्किन एमाले र माओवादीसँग दोस्रो तहका नेतामार्फत पछिल्लो समय दोहोरो संवाद गरिरहेको थियो ।

दोस्रो तहका नेताहरूबीचको वार्ताले सकारात्मक परिणाम निकाल्ने देखिएपछि यो शीर्ष तहमा छलफल भएको नेताहरूको दाबी छ ।

कांग्रेसले वर्तमान सत्ता गठबन्धन भत्काएर प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई सत्ताबाट हटाउन प्रयासरत छ । यस्तो अवस्थमा देउवा र ओलीबीच भएको भेटवार्ताले राजनीतिमा कुनै नयाँ मोड ल्याउन सक्ने आँकलनहरू भइरहेका छन् ।

एमसीसी परियोजनामा सहमति जुटाउन बालकोट पुगेका देउवा डेढ वर्षपछि ओलीलाई भेट्न बोलकोट पुगेका छन् । ओली र देउवाको आजको भेटवार्ताले कांग्रेस र एमालेबिच सत्ता सहकार्यका लागि ढोका खोल्ने देउवा निकट स्रोतले बतायो ।

नेपाल प्रहरीले नक्कली शरणार्थी प्रकरणको फाइल फेरि खोलेको छ । एमले उपाध्यक्ष रामबहादुर थापा बादलका छोरा प्रतीक थापा र बिचौलिया बेचन झा पक्राउ परेका छन् ।

सो प्रकरणमा देउवापत्नी आरजु र पूर्वगृहमन्त्री बालकृष्ण खाँडपत्नी मञ्जुको नाम पनि मुछिएको छ । देउवा–ओली भेटलाई कतिपयले सो प्रकरणसँग जोडेर पनि हेर्ने गरेका छन् ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds