पत्रकारमाथि लगाएको आरोप फिर्ता

पत्रकारमाथि लगाएको आरोप फिर्ता

patrakar

सुन्दरकुमार थकाली, मुस्ताङ । जनआदर्श माध्यमिक बिद्यालय कोवाङका प्रधानाध्यापक टिकाराम शर्माले पत्रकार माथि लगाईएको आरोप फिर्ता लिएका छन् ।

जिल्ला प्रशासन कार्यालय मुस्ताङमा बिहिबार बिद्यालयका शिक्षक ,कर्मचारी र बिद्यार्थीले बुझाएको ज्ञापनपत्रमा मुस्ताङका पत्रकारहरुले एकपक्षिय समाचार संम्प्रेषण गरेको भन्ने आरोपप्रति नेपाल पत्रकार महासंघ मुस्ताङ शाखाले आपत्ती जनाउदै उक्त आरोपको खण्डन गरेको थियो । महासंघका अध्यक्ष सुन्दरकुमार थकालीले बालिका कुटपिटको समाचार यतार्थ र सन्तुलित रहेको बताए । उनले पीडकले प्रहरी समक्षको बयानमा गल्ती गरेको स्वीकार गरिसकेको अवस्थामा बिद्यालयमै पुगेर थप बुझ्न आवश्यक नभएको उल्लेख गरे ।

महासंघले पत्रकार माथि लगाईएको आरोप फिर्ता लिन बिद्यालयलाई आग्रह गरेपछि प्रअ शर्माले प्रजिअ शिशिर पौडेललाई बुझाईएको ज्ञापनपत्रबाट उक्त बुदाँ हटाईएको थियो । स्मरण रहोस्, गत शनिवार उक्त बिद्यालयका शिक्षक तथा शिक्षिका मिलेर कक्षा ९ मा अध्ययनरत छात्रा मधु परियार माथि मोवाईल सेट लुकाएको आरोपमा निर्घात कुटपिट गरेका थिए ।हाल पीडित बालिका जिल्ला अस्पतालमा उपचार गराईरहेकी छिन् भने ,यता बिद्यालयको शैक्षिक भबिष्यको ख्याल राखीदिन बिद्यालयले प्रशासन समक्ष ज्ञापनपत्र बुझाएको छ ।

शुक्रबार मधु कुटपिटको घटनालाई लिएर आरोपी तीन शिक्षकहरुको समर्थन तथा पत्रकारका बिरुद्धमा उक्त बिद्यालयका शिक्षक ,कर्मचारी र बिद्यार्थीले चर्का चर्का नारा लगाएका थिए । कोवाङ बिद्यालयबाट आएको टोलीले अनुसन्धानका क्रममा रहेका शिक्षकहरुको सहानुभुती स्वरुप निकालिएको जुलुसले जोमसोम बजार परिक्रमा गरेको थियो ।

प्रतिक्रिया

लेखकको बारेमा

ट्रेन्डिङ