पोखरा । पोखरामा अबैध रुपमा नदिजन्य पदार्थ चोरी निकासी गर्ने १२ वटा सवारी साधनलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
शनिबार पोखरा महानगरपालिका– १९ दशखेतघात स्थितबाट अवैध रुपमा नदीजन्य पदार्थ ओसार पसार गरिरहेका अवस्थामा १२ वटा टिप्पर नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ।
प्रहरीले ग १ क १२१५ , ना १ क ६२१४ , Gandaki ७ AA००७६ , बा ४ क ३३ २१ , ग २ ख १४५ , ग १ क २४०२ , ग २ ख ३२८ , ग २ ख ११५६ , ग १ क ६३९२ , ग १क ५११३ , ग १ ख ७९९० र ग १ त ७०१२ नं.को ट्याक्टर नियन्त्रणमा लिएको जनाएको छ ।
अबैध रुपमा नदिजन्य पदार्थहरुको चोरी निकासी भईरहेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय कास्की र वडा प्रहरी कार्यालय बगरबाट खटिई गएको प्रहरी टोलीले उक्त टिप्परहरु नियन्त्रणमा लिएको हो ।
सवारी साधन चेकजाँच गर्दा प्रयोजन खुल्ने कुनै कागजपत्र पेश गर्न नसकेकोले उक्त सवारी साधनहरुलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
सम्बन्धित खबर
पोखराका होटलमा राखी चार बालिकालाई यौनकार्यमा लगाउने तीन युवती पक्राउ
दुर्गा प्रसाईंलाई ५ दिन हिरासतमा राख्न अनुमति
छविलाई अनुसन्धान गर्न काठमाडौँ पुर्याइयो
कुमार रम्तेललाई काठमाण्डौमा बयान पछि पुनः पोखरा ल्याइयो
दाउराले टाउकोमा हानेर श्रीमानको हत्या
तनहुँमा साढे ६ लाखसहित कौडा खेलिरहेका १३ जना पक्राउ
यो पनि पढौँ
तनहुँ दुर्घटना: बस चालककाे मृत्यु, ३० घाइते [नामावलीसहित]
पोखरा हेम्जामा मध्यराती दुर्घटना हुँदा दोहोरी गायक किरण अधिकारीको मृत्यु
तनहुँको गोरेचौतारामा दुई बस ठोक्किँदा २९ जना घाइते
पोखरामा रिसोर्टको जग खन्ने क्रममा पुरिएर मजदुरको मृत्यु, चार घाइते