गुल्मी । तम्घास-सिमलटारी सडकखण्डअन्तर्गत छल्दीबाट तम्घासतर्फ आउँदै गरेको लु४त २४६५ नम्बरको ट्रयाक्टर रेसुङ्गा नगरपालिका-४ रायढुङ्गामा दुर्घटना हुँदा छ वर्षीय बालकको मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक शङ्कर पोखरेलका अनुसार दुर्घटनामा मालिका गाउँपालिका-२ का छ वर्षीय शिव विकको मृत्यु भएको हो ।
दुर्घटनामा गम्भीर घाइते भएका उनलाई उपचारका लागि गुल्मी अस्पताल ल्याउनेबित्तिकै अस्पतालले मृत घोषणा गरेको थियो ।
दुर्घटनामा ट्याक्टर चालक गुल्मीको धुर्कोट गाउँपालिक-५ बस्तुका २६ वर्षीय दीपक गोतामे र सहचालक बागलुङ बडिगाड गाउँपालिकाका १९ वर्षीय राजकुमार विक घाइते भएका छन् । उनीहरूलाई थप उपचारका लागि पाल्पा पठाइएको छ ।
सम्बन्धित खबर
दुर्गा प्रसाईं वीर अस्पताल भर्ना
दुर्गा प्रसाईंलाई थप पाँच दिन हिरासतमा राख्न अनुमति
मृत्युपछि मानवअंग दान गर्ने परिवारलाई २ लाख दिइने
रविलाई थप १५ दिन हिरासतमा राख्न अदालतको अनुमति
हिरासतमा रहेका रविमाथि अदालतको चार पक्राउ पुर्जी
आजबाट शुल्क तिरेर धरहरा चढ्न पाइने
यो पनि पढौँ
पोखरा हेम्जामा मध्यराती दुर्घटना हुँदा दोहोरी गायक किरण अधिकारीको मृत्यु
डिभिजन वन तनहुँमा योग्यता नपुगेका व्यक्तिलाई प्रमुख बनाइएको भन्दै अदालतमा मुद्धा
पोखराका होटलमा राखी चार बालिकालाई यौनकार्यमा लगाउने तीन युवती पक्राउ
वीरेन्द्र स्कुलमा प्रतिभा प्रस्फुटन कार्यक्रम