लमजुङको सदरमुकाम बेसीशहरमा रहेको यूनिभर्सल बोर्डिङ स्कुलका दुई जना विद्यार्थीले ४ जिपिए प्राप्त गरेका छन् ।
स्कूलबाट सहभागी भएका ६३ जना विद्यार्थी मध्ये दुई जनाले उत्कृष्ट नतिजा ल्याउन सफल भएको विद्यालयका प्रिन्सिपल बिमल अधिकारीले बताए ।
बेसीशहर नगरपालिका वडा नं. ७ का आयुष केसी र वडा नं. ८ का आयुष्मा गुरुङले ४ जिपिए सहित उत्कृष्ट नतिजा ल्याउन सफल भएका हुन् । ३.६ देखि ४ जिपिए प्राप्त गर्ने ३० जना, ३.२ जिपिए देखि ३.६ जिपिए प्राप्त गर्ने २३ जना र २.८ जिपिए देखि ३.२ जिपिए प्राप्त गर्ने ९ जना रहेका छन् । एकजना विद्यार्थी भने अबर्गिकृतमा परेको विद्यालयले जनाएको छ ।
सार्वजनिक नतिजा अनुसार लमजुङ जिल्ला भरीमा ३ जना मात्र विद्यार्थीले ४ जिपिए प्राप्त गरेका छन् ।
मध्यनेपाल ७ स्थित कुसुमाकर माध्यामिक विद्यालयका विश्वास घिमिरेले पनि ४ जिपिए ल्याएका हुन् । जिल्लाभरका सामुदायिक विद्यालयबाट घिमिरेले मात्र ४ जिपिए ल्याउन सफल भएका हुन् ।
सम्बन्धित खबर
लमजुङको डुम्रे–बेँसीशहर सडक खुल्यो
पहिरोले डुम्रे-बेशीशहर सडक अवरुद्ध, साँझदेखि यात्रु विचल्ली
पहिरोले डुम्रे–बेँसीसहर सडक अवरुद्ध
कुवामा पानी भर्न गएकी लीलादेवीको रुखले किचेर मृत्यु
पर्यटक लोभ्याउन लमजुङमा ‘परेवा जोडी’
पहिरोले बेँसीसहर–चामे सडक अवरुद्ध
यो पनि पढौँ
स्याङ्जामा विवाहकै दिन बेहुलाबेहुली पक्राउ
जनकपुरको होटलमा बेहोस भेटिएकी पोखराकी युवतीको मृत्यु, सँगै बसेका २ युवक फरार
आँखामा राख्दा पनि नबिझाउने ‘बिनोद सर’ अब सम्झनामा
बालकुमारीमा मारिएकाका परिवारलाई कोरियाबाट आर्थिक सहयोग