प्रदेश सभामा फणिन्द्रः तयारी नपुगेको भन्दै संसद छिर्न दिइएन, तयारी पुगेपनि सपथ खान मिलेन

प्रदेश सभामा फणिन्द्रः तयारी नपुगेको भन्दै संसद छिर्न दिइएन, तयारी पुगेपनि सपथ खान मिलेन

phadindra devkota

पोखरा । सर्वोच्च अदालतले तत्कालका लागि पदमा फर्काएसँगै गण्डकी प्रदेशसभा सदस्य फणिन्द्र देवकोटा आज प्रदेशसभा बैठकका लागि पुगे । तर, प्रदेश सभा बैठकमा प्रवेश गर्न लागेका फणिन्द्रलाई मर्यादा पालकले रोक लगाए । उनी ढोकाबाटै फर्किए ।

गण्डकी प्रदेश सभाका सभामुख कृष्णप्रसाद धितालले तयारी नपुगेका कारण सांसद देवकोटालाई बैठकमा सहभागी नबनाइएको बताएका छन् ।

पार्टीको ह्वीप विपरीत मुख्यमन्त्रीलाई विश्वासको मत दिएको भन्दै फणिन्द्रमाथि जेठ ३२ गते माओवादी केन्द्रले कारबाही गरेको थियो । तर, सर्वोच्च अदालतले कारबाही तत्कालका लागि कार्यान्वयन नगर्न आदेश दिएसँगै फणन्द्रिको पद जोगिएको थियो ।

बैठकपछि सभामुख धितालले भने‘केही तयारी नपुगेको कारणले उहाँलाई सहभागी नबनाएको हो । यो प्राविधिक कुरा हो । मैले अध्ययन पनि गर्न पाएको थिएन । कानूनी साथीहरुसँग सल्लाह गरेर प्रक्रिया अगाडि बढाउँछु ।’

मुख्यमन्त्री कार्यालयबाट भने सांसद फणिन्द्र देवकोटालाई मन्त्रीको सपथ खुवाउन प्रदेश प्रमुख कार्यालयलाई  तयारी गर्न भनिसकेको थियो । उनलाई मन्त्री पदमा पुनः नियुक्ति गरी आज विहीबार साँझ ५ः३० बजे सपथ खुवाउने तयारीमा मुख्यमन्त्री थिए । तर, संसदमै प्रक्रिया नसकिएकाले नियुक्ति र सपथ भएन ।

मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेलाई विश्वासको मत दिएर सत्तामा काँग्रेस स्थापित गरिदिएका फणिन्द्रले उपहार स्वरुप उर्जा तथा जलश्रोत मन्त्रालय पाएका थिए । सांसद पद गएसँगै उनको मन्त्री पनि गएको थियो । पाण्डेले अहिले सोहि मन्त्रालयमा पुनः नियुक्ति गर्न लागेका हुन् ।

सपथका लागि प्रदेश प्रमुख कार्यालयले सबै तयारी गरिसकेको थियो ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds