काठमाडौं । काठमाडौं महानगरका जनप्रतिनिधिले मेयर बालेन्द्र साह बालेनलाई सल्लाह दिँदा सामाजिक सञ्जालमा हेर्नै नसकिने गाली आउने गरेको गुनासो गरेका छन् ।
जनप्रतिनिधि सृजना भेटवालले मेयर बालेन्द्रलाई सल्लाह दिँदा घर परिवार सँगै बसेर सामाजिक सञ्जाल हेर्न नसकिने गरी गाली आउने गरेको गुनासो पोखेकी छन् ।
उनले भनिन, ‘मेयर साबलाई सल्लाह दिँदा जे पायो त्यही गाली आउँछ जुन घर परिवारसँग बसेर हेर्न नसकिने हुन्छ । म पत्रकार मित्रलाई जे हो त्यही सूचना लिएर जस्ताको तस्तै लेखिदिन पनि आग्रह गर्दछु ।’
महिलाहरुको नाममा कुनै पनि व्यवसाय दर्ता गर्दा शुल्कमा छुट हुनुपर्ने माग राखिन् ।
यस्तै, ३२ नम्बर वडाका अध्यक्ष नवराज पराजुलीले आफूहरु पार्टीको चिह्नबाट चुनाव जितेर आएको भए पनि पार्टीको स्वार्थका लागि काम नगरेको बताए ।
व्यक्तिगत असहमति भए पनि कुराकानी गरेरै समाधान गर्न सकिने भन्दै उनले मेयर शाहलाई सामाजिक सञ्जालमा मानहानी हुने किसिमका टिप्पणी नगर्न आग्रह गरेका छन् ।
सम्बन्धित खबर
देशका दुई ठूला दलले शक्ति प्रदर्शन गर्दै
‘प्रधानमन्त्रीकै नागरिकता र हस्ताक्षर किर्ते गर्नेले कसैको बाँकी राख्दैन’
कांग्रेस–एमालेको सहमतिमा चीन भ्रमणका एजेन्डा तय हुन्छ : गृहमन्त्री लेखक
बीआरआई सम्झौताबारे एमालेसँग साझा धारणा बनाएर अघि बढ्छौं : गगन थापा
एकीकृत समाजवादीले कीर्तिपुरको मेयरमा माओवादीलाई समर्थन गर्ने
प्रधानमन्त्रीको चीन भ्रमणअघि मन्त्री हेरफेर र अध्यादेश तयारी
यो पनि पढौँ
तनहुँ दुर्घटना: बस चालककाे मृत्यु, ३० घाइते [नामावलीसहित]
पोखरा हेम्जामा मध्यराती दुर्घटना हुँदा दोहोरी गायक किरण अधिकारीको मृत्यु
तनहुँको गोरेचौतारामा दुई बस ठोक्किँदा २९ जना घाइते
पोखरामा रिसोर्टको जग खन्ने क्रममा पुरिएर मजदुरको मृत्यु, चार घाइते