स्याङ्जाको वालिङ् नगरपालिकामा बाटो काट्ने बेलामा बसको ठक्करले एकजनाको मृत्यु भएको छ ।
वालिङ् नगरपालिका -८ मिर्दी स्थित सिद्धार्थ राजमार्गमा बुटवलबाट पोखरा जाँदै गरेको बसले ठक्कर दिँदा बिरुवा गाउँपालिका -६ चिन्नेबासका ८१ वर्षीय दुर्गा बहादुर थापाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रवक्ता एवं सूचना अधिकारी प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर रानाले जानकारी दिए ।
आइतबार दिउँसो ग १ ख ६२३७ नम्बरको बसले सोही बसमा सवार थापालाई बसबाट झरी बाटो काट्ने क्रममा ठक्कर दिएर घाइते बनाएको थियो । उनलाई उपचारका लागि प्राथमिक स्वास्थ्य केन्द्र वालिङ्मा लगेकोमा चिकित्सकले उपचारका क्रममा मृत घोषणा गरेको डिएसपी रानाले बताए ।
बस र बस चालकलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान अगाडि बढाइएको प्रहरी कार्यालयले जनाएको छ ।
सम्बन्धित खबर
पोखरा हेम्जामा मध्यराती दुर्घटना हुँदा दोहोरी गायक किरण अधिकारीको मृत्यु
पोखरामा रिसोर्टको जग खन्ने क्रममा पुरिएर मजदुरको मृत्यु, चार घाइते
तनहुँ दुर्घटना: बस चालककाे मृत्यु, ३० घाइते [नामावलीसहित]
तनहुँको गोरेचौतारामा दुई बस ठोक्किँदा २९ जना घाइते
दार्चुला जीप दुर्घटना [अपडेट] : ज्यान गुमाउनेको सङ्ख्या आठ पुग्यो
जात्रा हेरेर फर्किएका दर्शनार्थी चढेको जीप दुर्घटना : ६ जनाको मृत्यु, ६ जना घाइते
यो पनि पढौँ