पोखरा । महिला पर्यटन व्यवसायी मञ्च (WOTEF) को आयोजना एवम् जिल्ला प्रहरी कार्यालय कास्कीको सहकार्यमा जिल्ला कारागार कास्कीमा रहेका महिलाहरूलाई आज सेनेटरी प्याड, म्याट्रेक्स तथा युरोगार्ड वितरण गरिएको छ ।
सामाजिक उत्तरदायित्व अन्तर्गत कारागाराका महिलालाई सेनेटेरी प्याड लगायतका समाग्री हस्तान्तरण गरिएको मञ्चका अध्यक्ष उमा रेग्मी भण्डारीले जानकारी दिए ।
उनका अनुसार महिलाहरूलाई अत्यावश्यक सेनेटरी प्याड एक हजार २०० थान, म्याट्रेक्स एक रोल र युरो गार्ड एक थान हस्तान्तरण गरिएको हो ।
मञ्चका अध्यक्ष उमा रेग्मी भण्डारीको अध्यक्षता एवम् मञ्चका संस्थापक अध्यक्षतामा जमुना पराजुलीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी नायव उपरीक्षक बसन्तकुमार शर्मा, मञ्चका पदाधिकारी लगायतको उपस्थिति थियो ।
मञ्चले स्वदेश एवम् विदेशमा पर्यटन राजधानी पोखरा सहित समग्र देशको पर्यटन प्रवद्र्धनका साथै सामाजिक उत्तरदायित्व अन्तर्गतका विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको अध्यक्ष भण्डारीले बताए ।
सम्बन्धित खबर
६५ वर्षीय एक पुरुष मृत फेला
एमालेका वडा अधिवेशन मंसिरभित्रै हुने
चाडपर्वमा खर्चको जोहो गर्न राउटे टोली पोखरामा
अयरपानीमा आँधीखोला फाउन्डेसनको परिकल्पना
वन उद्यम स्थापना सम्बन्धी अभिमुखीकरण एवं कार्यशाला गोष्ठी
दोस्रो राष्ट्रपति रनिङ शिल्ड तथा शैक्षिक महोत्सव शुरु
यो पनि पढौँ
तनहुँ दुर्घटना: बस चालककाे मृत्यु, ३० घाइते [नामावलीसहित]
पोखरा हेम्जामा मध्यराती दुर्घटना हुँदा दोहोरी गायक किरण अधिकारीको मृत्यु
तनहुँको गोरेचौतारामा दुई बस ठोक्किँदा २९ जना घाइते
पोखरामा रिसोर्टको जग खन्ने क्रममा पुरिएर मजदुरको मृत्यु, चार घाइते