सुदूरपश्चिमबाट गण्डकी प्रदेश राजधानी पोखरा आइपुगेको प्रदेश सभा सदस्यहरु र गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्टबीच विहीबार भेटवार्ता भएको छ ।
सुदूरपश्चिम प्रदेशसभा, सामाजिक विकास समितिको अन्तरप्रदेश भ्रमणका क्रममा गण्डकीको पोखरा आइपुगेका समितिका सभापति शिवराज भट्ट, सदस्यहरु प्रकाश बम, जानकी पौडेल कुँवर, तुलसी देवकोटा धर्मराज पाठकले प्रदेश प्रमुख भट्टलाई भेट गरी बधाई तथा शुभकामना व्यक्त गरे ।
मुलुकका प्रदेशसभाहरुले गरेको कार्यसम्पादन, अभ्यास बुझ्नुका साथै अनुभव आदानप्रदान एवं काममा एकरुपता कायम गर्ने सवालमा भ्रमण फलदायी हुने विश्वास लिएको समिति सभापति शिवराज भट्टले बताए ।
उनीहरुले गण्डकीको अभिभावकका रुपमा सुदूरका सर्वमान्य नेतालाई पाउँदा गौरव महसुस गरेको बताए ।
प्रदेश प्रमुख भट्टले सुदूरपश्चिमबासीको आशिर्वादले यो स्थानमा रहेको बताउँदै भ्रमण उपलब्धिमूलक रहोस् भनी शुभेच्छा व्यक्त गरे ।
सम्बन्धित खबर
राउटे समुदायलाई स्याङ्जामा आर्थिक सहयोग
पोखराका होटलमा राखी चार बालिकालाई यौनकार्यमा लगाउने तीन युवती पक्राउ
१७ औं हिसान कास्की स्पोर्ट्स मीट मंसिर ११ गते सुरू हुँदै, प्रदेश प्रमुखले उद्घाटन गर्ने
हप्ताभर विविध कार्यक्रम गरी पोखरामा राष्ट्रिय कर दिवस तथा कर सप्ताह मनाइयो
डिभिजन वन तनहुँमा योग्यता नपुगेका व्यक्तिलाई प्रमुख बनाइएको भन्दै अदालतमा मुद्धा
मुग्लिन-पोखरा सडकः पूर्वी खण्डमा धमाधम कालोपत्र गरिँदै
यो पनि पढौँ
तनहुँ दुर्घटना: बस चालककाे मृत्यु, ३० घाइते [नामावलीसहित]
पोखरा हेम्जामा मध्यराती दुर्घटना हुँदा दोहोरी गायक किरण अधिकारीको मृत्यु
तनहुँको गोरेचौतारामा दुई बस ठोक्किँदा २९ जना घाइते
पोखरामा रिसोर्टको जग खन्ने क्रममा पुरिएर मजदुरको मृत्यु, चार घाइते