पोखरा । अष्ट्रेलियाको सबैभन्दा ठूलो र पुरानो सहर सिड्नीमा माया लाउञ्ज खुलेको छ ।
तीन वर्षको मेहनतपछि ३ सयभन्दा बढी ग्राहक क्षमता भएको लाउञ्ज गत जुन ३ देखि सञ्चालनमा आएको हो । महजोडी मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यले लाउञ्जको उद्घाटन गरे ।

लाउञ्जको मुख्य उद्घाटन जुन २८ देखि जुन ३० सम्म तीन दिने हुने अपरेसनल म्यानेजर सिद्धार्थ पौडेलले जानकारी दिए । यो लाउञ्ज क्लब र पार्टी गतिविधि, साथीभाइ जमघटका लागि उपयुक्त रहेको उनले बताए । ‘यो नेपालीका लागि मात्र होइन । अन्य खाले खाना र पेयपदार्थ खोज्ने विदेशीलाई पनि उपयुक्त गन्तव्य हो,’ पौडेलले भने ।
जुन २८ देखि जुन ३० सम्म हुने कार्यक्रममा १० वर्षपछि पुनः एकीकरण हुने द अग्लिज् ब्याण्डले प्रस्तुति दिनेछ । साथै, इनोक तामाङ र डिजे विधानले पनि आफ्नो प्रस्तुति दिनेछन् । सहभागीहरूले प्रत्यक्ष डीजे सेट र अन्य विभिन्न आकर्षणहरू र गतिविधिहरूको मज्जा लिन सक्नेछन् ।
लाउञ्जलाई सिड्नीका स्थानीय र विदेशी दुवै खाले पाहुनालाई मनपर्ने गरेर डिजाइन गरिएको अपरेसनल म्यानेजर पौडेलले बताए । यो भव्य उद्घाटनले सिड्नीमा रात्री जीवनका लागि नयाँ युगको सुरुवात र अविस्मरणीय उत्सव हुने लाउञ्ज सञ्चालकको जिकिर छ ।



सम्बन्धित खबर
परदेशमा बागलुङबासी एकजुट, कतारमा एक करोडको अक्षयकोष स्थापना
अमेरिकामा हेलिकप्टर दुर्घटना हुँदा ६ जनाको मृत्यु
दक्षिण कोरियामा आगो निभाउने क्रममा हेलिकप्टर दुर्घटना, पाइलटको मृत्यु
अमेरिकामा राष्ट्रपति ट्रम्पविरुद्ध विरोध प्रदर्शन
भारतीय चलचित्र अभिनेता मनोज कुमारको निधन
३५ मिनेट वान टु वान भेटपछि मोदीले नेपाली भाषामा र ओलीले हिन्दी भाषामा के लेखे ?
यो पनि पढौँ
पोखरामा पेट्रोल पम्प जोडिएको घरमा लागेको आगो समयमै निभाउँदा ठूलो क्षति टर्यो
पोखरा पृथ्वीचोकमा ट्रकले ठक्कर दिँदा स्कुटरमा सवार शिवराजको मृत्यु
गण्डकी र लुम्बिनी जोड्ने पक्की पुल निर्माण
सङ्खुवासभामा लेक लागेर तनहुँका डाक्टर सिग्देलको मृत्यु