सर्लाही । पूर्वपश्चिम राजमार्गस्थित सर्लाहीको बागमती नगरपालिका–११ मा रहेको रायमाझी चोकमा बस दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ । ३० जनाभन्दा धेरै घाइते भएका छन् ।
आज बिहान चोकमा रोकेर राखेको लरीमा बस ठोक्किँदा रुपन्देहीको मायादेवी गाउँपालिकाका हरिबहादुर चौधरी, ८५ वर्षका दशरथ कोहार र ५० वर्षका रामकरण केवटको मृत्यु भएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार घटनालगत्तै उद्धार गरी उनीहरुलाई हरिवनको नमूना अस्पताल पुर्याएकामा चिकित्सकले मृत घोषणा गरेका हुन् ।
रुपन्देहीबाट जनकपुरतर्फ आइरहेको बस दुर्घटना भएको हो । बसमा ४० जना रहेका प्रहरीले जनाएको छ । दुर्घटनामा घाइते हुनेहरुको जनकपुर, वीरगञ्ज तथा स्थानीय अस्पतालमा उपचार भइरहेको छ ।
सम्बन्धित खबर
राष्ट्रिय सूचना आयोगमा प्रमुख आयुक्त र आयुक्तहरू नियुक्त
प्रधानमन्त्रीको बीआरआई लक्षित टिप्पणी: ऋण लिने हाम्रो अवस्था छैन
नेपालका को–को नेता पुगे कम्बोडिया ?
केदार ढकाल र बुद्धिराज गुरुङ एआईजी बने
११ एयरलाइन्सले बुझाए हवाई भाडादरको विवरण
खोला किनारामा २० मिटर मापदण्डको फैसला सर्वोच्चले पुनरावलोकन गर्ने
यो पनि पढौँ
तनहुँ दुर्घटना: बस चालककाे मृत्यु, ३० घाइते [नामावलीसहित]
पोखरा हेम्जामा मध्यराती दुर्घटना हुँदा दोहोरी गायक किरण अधिकारीको मृत्यु
तनहुँको गोरेचौतारामा दुई बस ठोक्किँदा २९ जना घाइते
पोखरामा रिसोर्टको जग खन्ने क्रममा पुरिएर मजदुरको मृत्यु, चार घाइते