कास्कीमा ५ स्थानबाट राष्ट्रिय परिचयपत्र वितरण, को कहाँ जाने ? [विज्ञप्तिसहित]

सेवा सुविधा

कास्कीमा ५ स्थानबाट राष्ट्रिय परिचयपत्र वितरण, को कहाँ जाने ? [विज्ञप्तिसहित]

dao kaski

पोखरा । सरकारले सामाजिक सुरक्षा भत्ता लिनका लागि राष्ट्रिय परिचयपत्र नम्बर अनिवार्य गरेपछि देशभरका जिल्ला प्रशासन कार्यालयमा भिड लागेको छ ।

जिल्ला प्रशासन कार्यालय, कास्कीसँगै  जिल्लामा अब पाँच स्थानबाट राष्ट्रिय परिचयपत्र पाइने भएको छ ।

जिल्ला प्रशासन कार्यालय, कास्कीले सूचना जारी गरी यसबारे जानकारी गराएको हो । कास्कीवासीले मात्र यस सुविधा प्राप्त गर्नेछन् ।

पोखरा महानगरपालिका वडा नं. १, १७ र २७ बाट राष्ट्रिय परिचयपत्र वितरण हुनेछ । पोखराका सबै वडावासीले यी तीन स्थानबाट पनि सेवा लिन सक्नेछन् ।

यस्तै, अन्नपूर्ण, मादी र माछापुच्छ्रे गाउँपालिकावासीका लागि जिल्ला प्रशासन कार्यालयबाटै राष्ट्रिय परिचयपत्र वितरण हुनेछ ।

रुपा गाउँपालिकावासीका लागि भने इलाका प्रशासन कार्यालय लेखनाथबाट राष्ट्रिय परिचयपत्र वितरण हुने जनाएको छ ।

कास्कीको प्रमुख जिल्ला अधिकारीमा भरतमणि पाण्डे आएपछि राष्ट्रिय परिचयपत्र वितरण प्रक्रिया सहज बनाउन सामाजिक सुरक्षा भत्ताग्राहीका लागि बिहानै ८ बजेदेखि नै सेवा दिन थालिएको थियो ।

सरकारको निर्णयबिरुद्ध सर्वोच्च अदालतमा रिट दायर भइसकेको अवस्था छ । अदालतले फैसला भने गरिसकेको छैन ।

प्रतिक्रिया

लेखकको बारेमा

रचित पौडेल

रचित पौडेल

पौडेल गण्डकन्यूजका संवाददाता हुन् ।

ट्रेन्डिङ