पोखराको तालचोक-बेगनास सडकखण्डको निर्माण कार्य सुस्ताएपछि स्थानीय आन्दोलित भएका छन् ।
साविक लेखनाथ नगरपालिका अर्थात् पोखरा महानगरपालिका वडा नम्बर २७, ३० र ३१ मा पर्ने उक्त सडकखण्डको निर्माण कार्य सुस्ताएपछि स्थानीय आन्दोलित बनेका हुन् ।
आगामी चैत मसान्तसम्म निर्माणकार्य सकिनेगरी सम्झौता गरिएपनि निर्माण कम्पनीले चासो नदेखाएपछि लेखनाथबासी स्थानीयहरु रचनात्मक आन्दोलनमै उत्रेका छन् ।
उनीहरूले आगामी शनिबार बिहान ८ बजे विरोध प्रदर्शन गर्दै सडकमै रोपाईं जात्रा गर्ने तयारी गरेको संयोजक सन्दीप पौडेलले जानकारी दिए ।
‘तालचोक बेगनासताल बाटो निर्माण कछुवा गतिमा निर्माण भएको सबैलाई अवगत नै छ । यसै सम्बन्धमा निर्माणलाई गति दिनलाई दवाव स्वरुप यही असार ८ गते तालचोक स्थित सडकमा रोपाईँ कार्यक्रम राखिएको छ ।’ – संयोजक पौडेलले भने ।
उनले उक्त विरोध कार्यक्रममा उपस्थितिका लागि ईमेलमार्फत प्रदेश तथा संघीय सांसदलाई पत्र पठाएको जानकारी दिए ।
सम्बन्धित खबर
अपाङ्ग महिला सशक्तिकरण केन्द्रको मन्त्री केसीसँग ६ बुँदे माग
रवि मुछिएको सहकारी सूर्यदर्शनका बचतकर्ता साधारणसभामा जुट्दै
पोखरामा स्वरुप परिवर्तन गरिएका २३ मोटरसाइकल नियन्त्रणमा
आन्तरिक राजस्व कार्यालय पोखरामा २ लाख ५९ हजार करदाता, वार्षिक २ करोड कर
पोखराका होटलमा राखी चार बालिकालाई यौनकार्यमा लगाउने तीन युवती पक्राउ
१७ औं हिसान कास्की स्पोर्ट्स मीट मंसिर ११ गते सुरू हुँदै, प्रदेश प्रमुखले उद्घाटन गर्ने
यो पनि पढौँ
तनहुँ दुर्घटना: बस चालककाे मृत्यु, ३० घाइते [नामावलीसहित]
पोखरा हेम्जामा मध्यराती दुर्घटना हुँदा दोहोरी गायक किरण अधिकारीको मृत्यु
डिभिजन वन तनहुँमा योग्यता नपुगेका व्यक्तिलाई प्रमुख बनाइएको भन्दै अदालतमा मुद्धा
पोखराका होटलमा राखी चार बालिकालाई यौनकार्यमा लगाउने तीन युवती पक्राउ