अछाम । अछामको छाउगोठमा बसेकी एक किशोरी बलात्कृत भएकी छन् । जिल्लाको पञ्चदेवल विनायक नगरपालिकाकी १६ वर्षीया किशोरी सोमबार राति सामूहिक बलात्कृत भएको प्रहरीले जनाएको छ ।
किशोरी बलात्कारको आरोपमा प्रहरीले स्थानीय १७ वर्षीय किशोरलाई पक्राउ गरेको छ । पक्राउ परेका किशोर ती किशोरीको आफन्त भएको पनि प्रहरीले जनाएको छ ।
पञ्चदेवल विनायक नगरपालिकामा मामाघरमा बस्दै आएकी १६ वर्षीया किशोरी मामाघरको नजिक रहेको छाउगोठमा मंगलबार बिहान अचेत अवस्थामा भेटिएकी हुन् । उनी ११ वर्षदेखि मामाघरमै बस्दै आएकी थिइन् ।
उनलाई उद्धार गरी अस्पताल पु¥याइएको थियो । अछाम जिल्ला अस्पतालमा गरिएको स्वास्थ्य परीक्षणमा उनी बलात्कृत भएको पुष्टि भएको हो । अस्पतालमा उपचार पश्चात् होसमा आएकी ती किशोरीले आफू माथि बलात्कार भएको प्रहरीलाई बयान दिएकी थिइन् ।
उनले स्थानीय १७ वर्षीय किशोरलगायत तीन–चार जनाले बलात्कार गरेको बताएकी छन् ।
उनको बयानका आधारमा प्रहरीले १७ वर्षीय किशोरलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।
सम्बन्धित खबर
रवि लामिछानेलाई भोलि मंगलबार काठमाडौँ लगिँदै
मुद्दा चलाउने आधार नभेटिएपछि कोशी प्रदेशका पूर्वमन्त्री अधिकारी रिहा
‘पूर्णबहादुरको सारङ्गी’को २४ दिनको कमाई ४३ करोड ४० लाख
नेपाल प्रहरीका ८ जना एसएसपी डीआइजीमा बढुवाका लागि सिफारिस
दुर्गा प्रसाईं वीर अस्पताल भर्ना
दुर्गा प्रसाईंलाई थप पाँच दिन हिरासतमा राख्न अनुमति
यो पनि पढौँ
पोखरा हेम्जामा मध्यराती दुर्घटना हुँदा दोहोरी गायक किरण अधिकारीको मृत्यु
डिभिजन वन तनहुँमा योग्यता नपुगेका व्यक्तिलाई प्रमुख बनाइएको भन्दै अदालतमा मुद्धा
पोखराका होटलमा राखी चार बालिकालाई यौनकार्यमा लगाउने तीन युवती पक्राउ
वीरेन्द्र स्कुलमा प्रतिभा प्रस्फुटन कार्यक्रम