पोखरामा स्काउटको एड्भेन्चर कार्यक्रम भोलिदेखि

एड्भेन्चर कार्यक्रम

पोखरामा स्काउटको एड्भेन्चर कार्यक्रम भोलिदेखि

scout adv.

नेपाल स्काउट गण्डकी प्रदेश र मिलन स्काउट क्रियू पोखराको आयोजनामा दोश्रो एड्भेन्चर फेस्ट – २०८१ भोलि बुधबारदेखि पोखराको शान्ति बनबाटिकामा शुरु हुँदैछ।

२५ वटा विभिन्न साहसिक क्रियाकलापका साथ कार्यक्रम सन्चालन हुने आयोजकले जनाएको छ ।

कार्यक्रममा बालबालिका तथा युवाहरुलाई शारीरिक तथा मानसिक रुपले प्रयोगात्मक सीप सिकाइनेछ ।

विभिन्न विपद्का घडीहरुमा उद्दार कार्यमा डर सँगसँगै होस गुमाउनु हुँदैन भन्ने ध्येयका साथ उद्दारमा सक्षम बनाउनका लागिका लागि कार्यक्रमको आयोजना गरिएको नेपाल स्काउट गण्डकी प्रदेशका प्रमुख आयुक्त सागर पौडेलले बताए ।

कार्यक्रममा गण्डकी प्रदेश भरीबाट २ हजार जना बिद्यार्थीहरुको सहभागिता रहने आयोजकको भनाई छ ।

गण्डकी प्रदेशका भौतिक पूर्वाधार तथा यातायात मन्त्री राजिव गुरुङले उद्घाटन गर्ने कार्यक्रम तय भएको छ ।

कार्यक्रममा ओमेगा जम्प, सुपरम्यान जम्प, रिभर क्रसिङ, टायर जम्पिङ, रक क्लाईम्बिङ, मङ्की ब्रिज, प्यारा जम्प, नेट क्रसिङ, हर्स राईडिङ, टार्जन जम्प, आर्चरी लगायतका विभिन्न २५ वटा साहसिक कृयाकलापहरु सञ्चालन हुनेछन् ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds