पोखरामा नक्कली सुन देखाई ठगी गर्ने २ जना भारतिय नागरिक पक्राउ

पोखरामा नक्कली सुन देखाई ठगी गर्ने २ जना भारतिय नागरिक पक्राउ

pakrau

पोखरा । पोखरामा नक्कली सुन देखाई ठगी गर्ने २ जना भारतिय नागरिक पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा भारत उत्तर प्रदेश घर भएकी ७१ वर्षीया प्रभा देबी र ४२ वर्षका रामनारायण सुलेङी रहेका छन् ।

उनीहरु बुधबार दिउँसो ०१ः४५ बजे पोखरा महानगरपालिका– ८ सृजनाचोक स्थितमा प्लास्टिक पसल गरी बस्ने वर्ष ५२ का व्यवसायीलाई सुनको माला भनी नक्कली पहेँलो धातुको माला दिई नगद ४ लाख रुपैयाँ लिई भागेका थिए ।

महानगरपालिका –१७ छोरेपाटन बरकोबोट स्थितमाप्रहरी चौकी छोरेपाटन कास्कीबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई सोही दिन अपरान्ह ४ बजे पक्राउ गरेको हो ।

प्रहरीका अनुसार पोखरादेखि बुटवलतर्फ जाँदै गरेको हाईसलाई रोकेर चेकजाँच गर्दा उनीहरुलाई नगद ३ लाख ९० हजार सहित फेला पारेको हो ।

पक्राउ परेका उनीहरुलाई कास्की जिल्ला अदालतबाट ठगी, आपराधिक बिश्वासघात तथा आपराधिक लाभ (एक्सट्रसन) सम्बन्धी कसुरमा ७ दिन म्याद थप गरी अनुसन्धान प्रकृया अगाडी बढाइएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds