नवलपुरको कावासोती नगरपालिकामा नगरपालिकाले निर्माण गर्दै गरेको नालामा पुरिएर ३ जना मजदुरका निधन भएको छ ।
ज्यान गुमाउने ३ जना नै महिला रहेका छन् । उनीहरु सबै नालामा काम गर्दै गरेका मजदुरहरु हुन् ।
जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायव उपरीक्षक वेदबहादुर पौडेलका अनुसार नालामा एक्कासी पहिरो खस्दा ३ जनाको निधन भएको हो ।
पौडेलले निर्माणाधिन नाला (ढल) निकासीको लागि हेमपाइप राख्ने क्रममा कावासोती ३ फलफूल चोकमा २० फिट नालामा काम गर्ने क्रममा अचानक सोही ठाउँमा खनि जम्मा पारेको माटोको ढिस्को खसेर पुरिएको थियो ।
प्रहरीका अनुसार ढिस्कोले पुरिएर कावासोती ५ लक्ष्मीनगर निवासी ५१ बर्षीय सेती राना, २६ बर्षीय तान माया गाहा र ३२ बर्षीय चमेली दर्लामीको निधन भएको हो ।
उनीहरुलाई जेसिबी र स्थानीयको सहयोगमा प्रहरीले उद्दार गरेर जिल्ला अस्पताल डण्डा पुर्याइएकोमा अस्पतालले मृत घोषणा गरेको हो ।
उक्त नाला विश्व बैंकको ७ करोड सहयोगमा निर्माण गरिएको थियो । केही दिन भित्र काम सक्ने गरी काम भईरहेको थियो ।
यसैबीच स्थानीयले नगरपालिकाले बर्षा लागेपछि काम गरेको र बर्षा लागेपछि काम लगाएका कारण मजदुरहरुको ज्यान गरेको भन्दै नगर प्रमुख विष्णु भुसालको घर घरेर ढुंगामुढा गरेको स्थानीयले जनाएका छन् ।
स्थानीयले उक्ता नाला ठूलो भएको र बर्षामा काम गर्दा कुनै दुर्घटना हुन सक्ने भन्दै नगरपालिकाको कामको विरोध गर्दै आएको थियो ।
सम्बन्धित खबर
मन्त्री बनेपछि गृह जिल्लामा पद्मा
नवलपरासी बर्दघाट सुस्ता पूर्वको नाम फेरेर ‘नवलपुर’ राख्न माग
गैंडाकोट दुर्घटना [अपडेट]: घाइते स्याङ्जाकी श्रीमायाको पनि मृत्यु
बसको ठक्करबाट घाइते महिलाको मृत्यु
बसको ठक्करबाट ७ वर्षीय बालकको मृत्यु, स्याङ्जाकी श्रीमाया घाइते
नवलपुरमा सेप्टी ट्यांकीमा निस्सासिएर ३ जनाको मृत्यु
यो पनि पढौँ
स्याङ्जामा विवाहकै दिन बेहुलाबेहुली पक्राउ
जनकपुरको होटलमा बेहोस भेटिएकी पोखराकी युवतीको मृत्यु, सँगै बसेका २ युवक फरार
आँखामा राख्दा पनि नबिझाउने ‘बिनोद सर’ अब सम्झनामा
बालकुमारीमा मारिएकाका परिवारलाई कोरियाबाट आर्थिक सहयोग