बुटवलमा बोलेरो जिप दुर्घटना : ३ जनाको मृत्यु, २ जना घाइते

बुटवलमा बोलेरो जिप दुर्घटना : ३ जनाको मृत्यु, २ जना घाइते

Jeep

फाइल तस्वीर

बुटवल । बुटवलमा बोलेरो जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । दुर्घटनामा दुईजना घाइते भएका छन् ।

बुधबार राति पाल्पाको तिनाउ गाउँपालिकाको नुवाकोटबाट बुटवल फर्कँदै गरेको लु २ च ८५३१ नम्बरको जिप नुवाकोटबाट जीतगढी झर्ने ओरालोमा दुर्घटना भएको हो ।

दुर्घटनामा परेर स्याङ्जा पुलतीबजार घर भइ बुटवल १० बस्ने चालक रामप्रसाद शर्मा, तिलोत्तमा– ३ बस्ने ५७ वर्षीय आशका श्रेष्ठ, तिलोत्तमा ३ बस्ने ५० वर्षकी भगवती श्रेष्ठको मृत्यु भएको इलाका प्रहरी कार्यालय बुटवलले जनाएको छ ।

प्रहरीका अनुसार बुटवल–९ मिलनचोकका ५६ वर्षीय चन्दा श्रेष्ठ, बुटवल– ११ का ४६ वर्षीय लक्ष्मीता श्रेष्ठ घाइते भएका छन् ।
उनीहरूको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds