पोखरा । गण्डकी प्रदेशमा छैटौंपटक मन्त्री बनेका राजीव गुरुङ (दीपक मनाङे) ले यस्तै अवस्था भए २० पटकसम्म मन्त्री बन्ने बताएका छन् ।
भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रीका रूपमा तेस्रो पटक सपथ लिएका मनाङेले केन्द्रको निर्णयअनुसार मुख्यमन्त्रीलाई विश्वासको मत दिएको बताएका हुन् । यसअघि उनी ३ पटक खेलकुद मन्त्री बनिसकेका छन् ।
‘यो समस्या यहाँको होइन, केन्द्रको हो । यस्तै अवस्था आइरह्यो भने ६ पटक होइन, २० पटक पनि मन्त्री बन्नुपर्ने हुन सक्छ,’ उनले भने ।
मनाङेले मध्यावधि चुनावमा जान्छ भन्ने लागेपछि कांग्रेस नेतृत्वको सरकारलाई रोजेको सुनाए ।
मनाङेले थपे, ‘एमालेलाई सपोर्ट गर्दा कांग्रेस रिसाउँदो रहेछ, कांग्रेसलाई सहयोग गर्दा फेरि एमाले रिसाउँदो रहेछ । फस्ने त हामी भयौँ नि ! हामीले केही गल्ती नै गरेको छैन । फुटेको उनीहरू हो, म कहिल्यै फुटेको छु र ?’
सम्बन्धित खबर
प्रधानमन्त्रीको बीआरआई लक्षित टिप्पणी: ऋण लिने हाम्रो अवस्था छैन
नेपालका को–को नेता पुगे कम्बोडिया ?
देशका दुई ठूला दलले शक्ति प्रदर्शन गर्दै
‘प्रधानमन्त्रीकै नागरिकता र हस्ताक्षर किर्ते गर्नेले कसैको बाँकी राख्दैन’
कांग्रेस–एमालेको सहमतिमा चीन भ्रमणका एजेन्डा तय हुन्छ : गृहमन्त्री लेखक
बीआरआई सम्झौताबारे एमालेसँग साझा धारणा बनाएर अघि बढ्छौं : गगन थापा
यो पनि पढौँ
तनहुँ दुर्घटना: बस चालककाे मृत्यु, ३० घाइते [नामावलीसहित]
पोखरा हेम्जामा मध्यराती दुर्घटना हुँदा दोहोरी गायक किरण अधिकारीको मृत्यु
तनहुँको गोरेचौतारामा दुई बस ठोक्किँदा २९ जना घाइते
पोखरामा रिसोर्टको जग खन्ने क्रममा पुरिएर मजदुरको मृत्यु, चार घाइते